News
»
पूर्व राष्ट्रपति यादवले भने '२०१७ सालको घटना दोहिरन \\\\\
पूर्व राष्ट्रपति यादवले भने '२०१७ सालको घटना दोहिरन \\\\\

२०७३-वैशाख ९-पूर्व राष्ट्रपति रामवरण यादवले संघीय संविधान निर्माणको प्रक्रियामा आफ्नो स्थानमा अरू कोही भएको भए राजा महेन्द्रले २०१७ सालमा गरेको जस्तो कु को घटना दोहोरिन सक्थ्यो बताएका छन् ।
उनले संविधान निर्माणको प्रक्रियामा आफूलाई धेरै कुरा चित्त नबुझदा समेत लोकतान्त्रिक पद्धती अनुसार अघि बढेको बताए । पत्रकार जगत नेपालद्धारा लिखित पुस्तक पहिलो संसद बीपी-महेन्द्र टकराव लोकापर्ण गर्दै पूर्व राष्ट्रपति यादवले भने,मेरो स्थानमा अरू भएको भए, २०१७ सालको घटना हुन सक्थ्यो । तर म लोकतान्त्रिक रूटबाट आएकोले मैले त्यसलाई स्वीकार गरे ।
मेरो आफ्नो राष्ट्रिय दायित्व थियो, ९० प्रतिशत सभासदले हस्ताक्षर गरेर आएको थियो । मैले आफ्नो कर्तव्य पूरा गरिदिएँ । त्यो संस्थालाई बोकेर मैले संविधान जारी गरे,' उनले भने ।
यादवले पौने ३ करोड नेपाली जनताले प्रतिनिधित्व गरेको सभाबाट संविधान आएको हुनाले आफूले नरोकेको बताए । उनले भने, मैले त्यो पुस्तकलाई ढोगेर लोकतान्त्रिक बाटोलाई अघि बढाएको छु ।
यादवले बीपीको पालामा राजाले सैनिक ऐन बनाएर दरबारको सबै काम त्यही अनुसार सञ्चालन गरेको उदाहरण दिदै भने, 'तर यो कालखण्डमा यो संविधान सभामा सारा अधिकार जनतालाई दिइयो । दोस्रो संविधान सभामा केही न केहि हडबड भयो । राष्ट्राध्यक्ष, संविधान सभा अध्यक्ष, मस्यौदा समितिका संयोजक, संवाद समितिका प्रमुख र प्रधानमन्त्री जुन निकायहरु बीच संक्रमण कालमा
सँगै बसेर छलफल गरिनुपथ्र्यो, राष्ट्रिय सहमति गरिनुपथ्र्यो त्यो गरिएन । पूर्व राष्ट्रपति यादवले त्यस बेला राष्ट्रिय सहमित नभएर राजनीतिक सहमतिमात्र भएको बताए ।
यादवले सहमति बनाएर मधेश समस्याको समाधान गरि अघि बढ्नु पर्ने बताए । उनले भने,
यहि संविधानबाट सबैलाई समेटर अघि बढ्नु पर्छ । संक्रमणकाल लामो नहोस । अब एक वर्ष ८ महिना बाँकी छ । यो समयमा संघीयताको सिमांकन, स्थानीय चुनाव, प्रदेश चुनाव र राष्ट्रिय चुनाव गरेर जानु पर्छ । त्यसपछि संक्रमण काल सकिन्छ, त्यो गराएर विधि पूर्वक संविधान अनुसार अघि बढे ७० वर्षदेखिको हाम्रो यात्रा पूरा हुन्छ ।
उनले राष्ट्रलाई केन्द्रमा राखेर अघि बढ्नु पर्ने बताए । मधेशकोउनले राष्ट्रलाई केन्द्रमा राखेर अघि बढ्नु पर्ने बताए । मधेशको समस्या समाधान नभए आफूलाई पिडा भइरहेको यादवले बताए ।
पूर्व राष्ट्रपति यादवले अहिले राष्ट्रियता र देश भक्तिको कुरा भइरहेको उल्लेख गर्दै भने,त्यसमा वास्तवमा समग्रलाई समेट्न सकेका छौ कि छैनौं । मलाई भन्नु हुन्छ भने हामीले त्यसलाई समेट्न सकेको छैन । लोकतन्त्रमा जवजस्तीको ठाउँ हुदैन । सहनशिलता चाहिन्छ ।
यादवले अतिवाद र अन्ध राष्ट्रवादमा गएर हामीले देशलाई जोड्न सक्छौं कि सक्दैनौं भन्ने प्रश्न रहेको बताए । उनले सबै समुदाय मधेशदेखि पहाडसम्म जोड्न सक्योंै भने राष्ट्रवाद बलियो हुने धारणा राखे ।
हामी इतिहासमा कालखखण्डमा छौं । हामीले पूर्वदेखि पश्चिम गुमाइसकेका छौं । अब हामीले कसैलाई होच्चाएर काम चल्ने वाला छैन । मेरो सन्देश छ कि यो इतिहासको अत्यन्तै संवेदशिल कडी हो ।
0 comments
Write Down Your Responses