एउटै घरजग्गा विभिन्न व्यक्तिहरुलाई देखाई बैना गरी ठगी गर्ने पक्राउ
एउटै घरजग्गा विभिन्न व्यक्तिहरुलाई देखाई बैना गरी ठगी गर्ने कार्यमा संलग्न सिन्धुपाल्चोक पेड्पु गाविस–९ बस्ने ३५ बर्षीय सागरकुमार भण्डारीलाई महानगरीय अपराध महाशाखाले मंगलबार पक्राउ गरेको छ । भण्डारीले ललितपुरका अशोकबहादुर मल्ललाई काठमाडौं गोठाटारको एकतले घरको मुल्य ६० लाख कायम गरी बैंनास्वरुप ३० लाख लिएकोमा बैना गर्ने व्यक्तिलाई उक्त घरजग्गा नदिई अन्य व्यक्तिहरुलाई विक्री गरी पीडितसँग सम्पर्कविहिन भएपछि महाशाखाको विषेश टोलीले काठमाडौं सुन्धराबाट उनलाई पक्राउ गरेको हो । भण्डारीले काठमाडौ नयाँ बानेश्वर बस्ने विक्रम महर्जनलाई समेत सोही घर दिन्छु भनि हार्डवयर पसलबाट २८ लाखको सामान लगि ठगी गरी सम्पर्क विहिन भएको समेत खुल्न आएको छ । भण्डारीलाई ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महाशाखाले महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ ।



0 comments
Write Down Your Responses