नयाँ वर्षको दिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास\\\\
वैशाख १ प्रधानमन्त्री केपी ओलीले आज पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गर्नुभयो । पोखरा उपमहानगरपालिका– १४, १५ १८ वडास्थित छिनेडाँडामा रहने सो विमानस्थलले तीन हजार सात सय पैँतीस रोपनी जग्गा ओगट्ने छ भने चीन सरकारको सहयोगमा बन्ने नेपालको सो दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल चार वर्षभित्र निर्माण गरिने राष्ट्रिय गौरवको आयोजना हो । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मात्र नेपाललाई विश्व समक्ष अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडेको छ र् उक्त अवसरमा प्रधानमन्त्री ओलीले सो विमानस्थल निर्माण भएपछि पोखराको मात्र नभई समग्र नेपालको आर्थिक समृद्धिको ढोका खोलिने बताउनुभयो । उहाँले निर्धारित समयमै विमानस्थल बन्ने दृढता पनि व्यक्त गर्नुभयो । । । ।


0 comments
Write Down Your Responses