अब एक वर्षभित्र मेलम्चीको पानी काठमाडौंमा आउने\\\\\\
प्रधानमन्त्री केपी शर्मा ओलीले अब एक वर्षभित्र मेलम्चीको पानी काठमाडौं ल्याउने गरि सरकारले काम गरिरहेको बताएक छन् ।
नेपाल चेम्बर अफ कमर्सको ६५औंँ वार्षिक साधारणसभालाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुक आर्थिक विकासमा अघि बढेको बताएक छन् । औद्योगिक वातावरण तयार पार्ने र उद्योगको विकास गर्न ऊर्जा सङ्कट निवारणका लागि समेत योजनावद्धरुपमा काम भइरहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
ऊर्जा, भौतिक पूर्वाधारको विकास, निर्यातमूलक उद्योग तथा रोजगारीको सिर्जना गर्न सरकारले कुनै पनि कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका प्रधानन्त्रीले नेपाल सधैँ गरिब, अभावमा रहन नसक्ने र रहन पनि नदिने दावी गरे । अब आउने बजेट, नीति तथा कार्यक्रम कर्मकाण्डी नहुने भन्दै उनले नेपाल बनाउने खालको ल्याउने प्रतिबद्धता जनाएक छन् ।


0 comments
Write Down Your Responses