रोनाल्डो नयाँ रेकर्ड ,,, रियल मड्रिड सेमिफाइनलमा प्रवेश \\\\\

काठमाडौं-१ बैशाख  रियल मड्रिड च्यम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । क्रिष्टियानो रोनाल्डोको ह्याट्रिकसँगै मड्रिड लिगको सेमिफाइनलमा पुगेको हो । मंगलबार राति सान्टियागो बर्नबाउमा भएको दोस्रो लेगमा उल्फबर्ग विरुद्ध ह्याट्रिक गर्दै रियल मड्रिडलाई सेमिफाइनल पुर्याएका रोनाल्डोले लिगमा दुई नयाँ रेकर्ड पनि कायम गरेका छन् । पहिलो लेगमा २–०ले पराजित भएर क्वाटरफाइनलबाटै बाहिरिने जोखिममा रहेका बेला रोनाल्डोले टीमलाई सेमिफाइनल पुर्याएका हुन् । उनले लिगमा लगातार दुई सिजनमा १५ भन्दा बढी गोल गर्ने पहिलो खेलाडीको सूचीमा नाम दर्ता गरेका छन्। लिगमा रोनाल्डोले अहिलेसम्म १६ गोल गरिसकेका छन्। यस्तै रोनाल्डोले एकै सिजन च्याम्पियन्स लिगमा तेस्रो ह्याट्रिक गर्ने पहिलो खेलाडी पनि बनेका छन्। रोनाल्डो अहिलेसम्म च्याम्पियन्स लिग फुटबलमा सबैभन्दा बढी गोल गर्ने खेलाडी पनि हुन्। उनले अहिलेसम्म ९३ गोल गरेका छन् भने उनी पछि बार्सिलोनाका लियोनल मेसी छन्। मेसीले अहिलेसम्म ८३ गोल गरेका छन्।

0 comments

Write Down Your Responses