Sports
»
मस्र्याङ्दी क्लबले शनिबारच्याम्पियन मनकामना केबुलकार पोखरा कपको पाँचौं संस्करणको उपाधि हात पारेको छ
मस्र्याङ्दी क्लबले शनिबारच्याम्पियन मनकामना केबुलकार पोखरा कपको पाँचौं संस्करणको उपाधि हात पारेको छ

। वैशाख- १२- २०७३- मनाङ–मस्र्याङ्दी क्लबले शनिबापोखरा रंगशालामा भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ५–० ले हराउँदै मनाङले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ जित्यो ।
मनाङले पोखरा कपको उपाधि जितेको यो तेस्रो अवसर हो । यसअघि उसले दोस्रो र तेस्रो संस्करण जितेको थियो । मनाङको जितमा कप्तान अनिल गुरुङले २, आलावालेले २ र सुजल श्रेष्ठले १ गोल योगदान दिए । घरेलु मैदानमा अनिल चम्किएपछि आर्मीविरुद्ध मनाङले गोलको वर्षा गर्यो । पहिलो मिनेटमै अनिलले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । विपक्षी रक्षापंक्तिका खेलाडी जितेन्द्र कार्कीले क्लियर गर्न नसकेको बललाई मनाङका कमल श्रेष्ठले मिलाएको पासलाई अनिलले गोलमा परिणत गरेका थिए ।
दर्शकको पूरा समर्थन पाएको मनाङका अनिलले दसौं मिनेटमा अर्को गोल थपे । विदेशी खेलाडी ओलावालेले मिलाएको छोटो पासलाई पोस्ट नजिकैबाट उनले आकर्षक गोल गरे । खेलमा हाबी भएको मनाङले पहिलो हाफमै निरन्तर गोलको वर्षा गर्यो । ३० औं मिनेटमा ओलावालेले दिएको पासलाई सुजलले सदुपयोग गरे । ३४ औं मिनेटमा ओलावालेले गोल गरे । आर्मी आधा घण्टाभित्र चार गोलले पछि परेको थियो । दोस्रो हाफपछि पाएको दुई अवसरलाई सदुपयोग गर्न नसक्दा आर्मीले सान्त्वना गोल गर्ने अवसर पनि गुमायो ।
२० औं मिनेटमा आर्मीका सन्तोष तामाङ र मनाङका हेमन गुरुङबीच मैदानभित्र हात हालाहाल भएपछि रेफ्रीले दुवैलाई रातो कार्ड दिएका थिए । उपविजेता आर्मीले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझायो ।
‘हाम्रा खेलाडीले लयमा खेलेकाले जित्न हात पार्न सफल भयौं,’ मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले भने, ‘अझै धेरै स्कोर गर्ने अवसर सदुपयोग हुन सकेन ।’
अप्रत्याशित रूपमा आएको नतिजाले आफूलाई अचम्मित बनाएको आर्मीका प्रशिक्षक मेघराज केसीले बताए । केही कमजोरी भएको स्वीकार्दै उनले भने– ‘मनाङको स्पिडलाई रोक्न नसक्दा हामी असफल भयौं ।’ अनिलले म्यान अफ द फाइनल र प्रतियोगिताको उत्कृष्ट खेलाडी भएबापत यामाहा मोटरसाइकल हात पारे ।
मनाङकै किरण चेम्जोङ उत्कृष्ट गोलरक्षक, छिरिङ लोप्साङ उत्कृष्ट प्रशिक्षक र कमल श्रेष्ठ उत्कृष्ट डिफेन्डर घोषित भए । उनीहरूले समान १५ हजार रुपैयाँ हात पारे ।
त्यस्तै आर्मीका विमल रानाले उत्कृष्ट मिडफिल्डर र एपीएफका रञ्जन विष्ट र मनाङका ओलावालेले सर्वाधिक गोलकर्ताको पुरस्कार हासिल गरे । उनीहरूले खेल अवधिभर ५/५ गोल गरेका थिए । एन्फा कास्कीको आयोजनामा भएको प्रतियोगितामा एपीएफ, नवजागृति, नेपाल आर्मी, पुलिससँगै मनाङ मस्र्याङ्दी, सरस्वती क्लब, थ्री–स्टार, धरान फुटबल क्लब,
0 comments
Write Down Your Responses