प्रियंका कार्कीले हालै आफ्नो पीडा उक्त प्लेटफर्ममै अभिव्यक्त गरेकी छिन् ।

वैशाख ११ सामाजिक सञ्जालमा प्राप्त हुने कमेन्टबाट आहत नायिका प्रियंका कार्कीले हालै आफ्नो पीडा उक्त प्लेटफर्ममै अभिव्यक्त गरेकी छिन् । ‘मरो मन रुवाउनेहरूका लागि’ शीर्षकमा उनले आफ्नो व्यक्तिगत सम्मानमा ठेस पुग्ने गरी सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले कमेन्ट लेखेकोमा आपत्ति जनाएकी हुन् । ‘जब जब म नयाँ फोटो, फिल्मको गीत या म्युजिक भिडियो सेयर गर्छु, किन मलाई यति धेरै गाली गर्नुहुन्छ ? के मैले कसैलाई कुनै प्रकारको चोट पुर्‍याएँ ? प्रियंकाले आफ्नो फेसबुक फ्यान पेजमा लेखेकी छिन् तपाईंहरूलाईको वेश्याजस्ता शब्द प्रयोग गरेर बडा आनन्द महसुस हुनूहुछ हो ? प्रियंकाका अनुसार कलाकारका रूपमा दिनरात नभनी मेहनत गर्नुको उद्देश्य यस्तो आलोचना खेप्न होइन । त्यस्ता कमेन्ट लेख्नेहरूसँग उनले घरमा छोरी–चेली, दिदी–बहिनी, आमा–भाउजू छैनन् ? भनेर प्रश्नसमेत गरेकी छिन् । तपाईंहरूका घरका महिलालाई यस्तो लेख्दा तपाईंलाई कस्तो महसुस हुन्छ ? प्रियंकाले लेखेकी छिन्– मेरो परिवारका सदस्यलाई पनि यस्ता अश्लील कमेन्टले चोट पुर्‍याउँछ । प्रियंकाले आफूलाई मन नपराउनेहरूलाई आफ्नो फ्यान पेजमा नआउन आग्रहसमेत गरेकी छिन् । बरु आफूलाई ब्लक गर्न अनुरोध गर्दै प्रियंकाले भनेकी छिन् ।

0 comments

Write Down Your Responses