एमाओवादी नेताचढेको गाडीमा अर्को गाडीको ठक्कर दिदा दुुर्घटना भएको छ\\\\\
११ बैशाख- एमाओवादी नेता विश्वनाथ साहसहित अन्य नेताहरु चढेको गाडीलाई पछाडीबाट अर्को गाडीले ठक्कर दिदा दुुर्घटना भएको छ । २ नं. प्रदेशका इन्चार्ज रहेका साह सहितका केहि नेता सिरहाको लालबन्दीमा आयोजित शहीद तथा वेपत्ता परिवारका बारेको कार्यक्रममा जादै थिए ।
सोही कार्यक्रममा जाँदै गर्दा पछाडिबाट आएको गाडीले साहको गाडीलाई ठक्कर दिदा गाडी सडकछेऊ पल्टिएको थियो । गाडीमा रहेका ७ जनामध्ये कसैलाई पनि गम्भीर चोट नलागेको साहका भतिजा सरोज साहले जानकारी दिए ।


0 comments
Write Down Your Responses