पेट्रोल पम्प सञ्चालकद्वारा इन्धन कालाबजारी ।

जिल्लाको त्रियुगा नगरपालिका क्षेत्र र सदरमुकाम गाईघाट क्षेत्रका अधिकांश पेट्रोल पम्पहरुनै इन्धन कालाबजारी गर्न थालेका छन् । एक पटकमा एक ट्याङ्कर इन्धन पम्पमा भित्र्याएपछि पम्प सञ्चालकले आधा ट्याङ्कर मात्र बिक्री गरेर बाँकी कालाबजारी गर्नेलाई महँगो मूल्यमा बिक्री गर्ने गरेको उपभोक्ताको आरोप छ । स्थानीय उपभोक्ता ध्रुव कार्की भन्नुहुन्छ, पम्प सञ्चालकले आधा इन्धनमात्र उपभोक्तालाई बिक्री गर्छन्, बाँकी कालाबजारी गर्नेसँग मिलेर अन्यत्र बिक्री गर्ने गरेका छन् । उपभोक्ता कालाबजारी गर्नेसंँग सम्पर्क गरेर महँगो मूल्यमा इन्धन किन्न बाध्य हुनु परेको छ ।।। पेट्रोल प्रतिलिटर रु १३० र डिजेल रु १०० लिटरमा बिक्री गर्ने गरेका छन् , उपभोक्ता दिनेश श्रेष्ठले भन्नुभयो । इन्धन लिन जाँदा पम्प सञ्चालकले इन्धन सकियो भनेर उपभोक्तालाई रित्तै फर्काउने गरेका छन् । यसरी रित्तै फर्किएकाहरु महँगो मूल्यमा इन्धन किनेर प्रयोग गर्न बाध्य हुनुपरेको छ । स्थानीय प्रशासन तथा सम्बन्धित निकायबाट अनुगमन गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्ने उपभोक्ताको माग छ ।।।

0 comments

Write Down Your Responses