उडता पञ्जाब’ मा शाहिद कपुरको सेक्सी लुक
चैत्र ३०, २०७२- बलिउड अभिनेता शाहिद कपुरले आफ्नो फिल्म ‘उडता पञ्जाब’को नयाँ लुक ट्विटरबाट सार्वजनिक गरेका छन् । पञ्जाबमा हुने लागु औषध दुरुपयोगलाई विषय बनाइएको यो फिल्ममा शाहिदले डिजेको भूमिका निर्वाह गरेका छन् । सार्वजनिक भएको पोस्टरमा लामो कपाल पालेका रकस्टार शाहिद देखिएका छन् । फिल्ममा उनी टोमी सिंहका रुपमा देखिने छन् । अभिषेक चोवेले निर्देशन गरेको फिल्ममा शाहिदका अलावा करिना कपुर र आलिया भट्ट पनि मुख्य भूमिकामा देखिनेछन् ।



0 comments
Write Down Your Responses