हलिउड अफर आए तर गतिला अफरहरु आएनन् : अजय देवगन

चैत्र ३०, २०७२- बलिउड स्टारहरु प्रियंका चोपडा र दिपिका पादुकोणले हलिउडमा भकाभक फिल्म पाइरहेका बेला अजय देवगनले आफूलाई पनि हलिउडबाट अफर आएका तर ती गतिला भूमिका नभएको बताएका छन् । ‘केही हलिउड फिल्मका अफर आएका थिए तर ती मलाई मन परेनन्,’ ४७ वर्षिय अभिनेताले भने । सिंघम र गोलमालजस्ता हिट श्रृंखलाका अभिनेता देवगन अहिले आफ्नै निर्देशनमा ‘शिवाय’ को निर्माणमा व्यस्त छन् । यो एक्सन फिल्ममा उनी आफैं मुख्य भूमिकामा देखिदैछन् । गतिलो अफर आएमा हलिउड फिल्म खेल्न तयार रहेको पनि उनले बताए । अजयको फिल्म ‘शिवाय’ को केहीअघि बुल्गेरियामा माइनस २० डिग्रीमा सुटिङ गरिएको थियो ।

,

0 comments

Write Down Your Responses