सोमबार स्कुलबस दुर्घटना हुदा १४ जना घाइते भएका छन् \\\\
त्रिभुवन राजपथअन्तर्गत धादिङको नौबिसेस्थित खानीखोला नजिकै सोमबार स्कुलबस दुर्घटना हुदा १४ जना घाइते भएका छन् । काठमाडौँतर्फ जाँदै गरेको लु १ ख ८१७२ नम्बरको ट्रकले विद्यार्थी बोकेर खानीखोलातर्फ आउँदै गरेको सुपब क्याटलिस्ट एकेडेमीको बसलाई ठक्कर दिँदा चालकसहित १३ जना विद्यार्थी घाइते भएका हुन् । गम्भीर घाइते हुनेमा थाक्रे गाविस– ९ का स्कुल बसका चालक अर्जुन हमाल रहेका छन् । चालक हमाल र एक जना विद्यार्थीलाई उपचारका लागि ललितपुरस्थित बिएन्डबी अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । अन्य विद्यार्थीकोे धार्केमा रहेको शिवदर्शन अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।


0 comments
Write Down Your Responses