News
»
नामिबियाका मिडियाले यस्तो लेखे\\\\\
नामिबियाका मिडियाले यस्तो लेखे\\\\\

इसिसी विश्व क्रिेकट लिग च्याम्पियनसिपमा नेपालसँग दुई लगातार दुई खेल हारेपछि दक्षिण अफ्रिकी राष्ट्र नामिबियाका संचारमाध्यमले नेपालका कप्तान पारस खड्काको शतक मद्दतमा नामिबियाको दोस्रो हारे भन्दै समाचार लेखेका छन् । सुरुवात राम्रो गरे पनि बलरहरुले पारस र शरद भेषवाकरको १६७ रनको पार्टनरसिप टुटाउन नसक्दा हार बेहानुपरेको नामिबियन, रिपलब्लिकासहितका संचारमाध्यले समाचार लेखेका छन् ।
नेपालले पहिलो खेलमा गत शनिबार नामिबियालाई ५ विकेट र सोमबार ३ विकेटले हराएको थियो । सोमबारको जितमा कप्तान पारस खड्का १०३ रन बनाउँदै नायक बने । अर्का खेलाडी शरद भेषवाकरले पनि ७४ रनको नटआउट पारी खेल्दै टिमलाई विजयी रन दिलाए । शनिबार पनि भेषवाकरकै ५० रन मद्दतमा नेपाल विजयी भएको थियो । जितसँगै नेपाल ८ टिम सहभागी लिगको ५ औं स्थानमा उक्लिएको छ । नेपालले अब नेदरल्याण्ड, हङकङ, केन्या र युएईसँग खेल्न बाँकी छ ।
0 comments
Write Down Your Responses