अफगानिस्तानको राजधानी काबुलस्थिकाबुलको मध्य क्षेत्रमा ठूलो बिस्फोट \\\\\\
२०७३-वैशाख ७-अफगानिस्तानको राजधानी काबुलस्थि विभिन्न मन्त्रालय, अमेरिकी दूतावास र नाटोको मुख्यालय भएको क्षेत्रमा शक्तिशाली बिस्फाटन भएको छ ।
बिस्फोटका कारण धेरैजना हताहत र घाइते भएको अफगानी राष्ट्रपति असरफ घानीले दाबि गरेका छन् । उनले अफगानिस्तानकाे मुख्य सुरक्षा निकायलाई लक्षीत गरि अाक्रमण गरिएकाे बताएकाे छ ।
बिस्फोटका कारण ठूलो आगोको लप्का र धुँवाको बादल माथिसम्म उठेको देखिए पनि के बिस्फोट भएको थियो भन्ने यकिन हुन सकेको छैन ।
बिस्फोटका कारण के कति हताहत भए भन्ने जानकारी पनि बाहिर नआइसकेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले बताएका छन् ।
बिस्फोटका कारण अमेरिकी दूतावासमा केही असर नपरेको दूतावासले जनाएको छ ।
बिस्फोटको केही समयपछि त्यहाँ बन्दुक पड्किएको आवाज पनि सुनिएको बताइएको छ ।


0 comments
Write Down Your Responses