जीप दुर्घटनामा १९ घाइते, दुईको अवस्था गम्भीर
वैशाख २, २०७३- दार्चुलाको अपी नगरपालिका १३ गल्फै नजिक बिहीबार जीप दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । अपी नगरपालिका १५ धापबाट सदरमुकाम खलंगा आउँदै गरेको से१ज ५९६ नम्बरको जीप सडकबाट २५ मिटर तल खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा अपी नगरपालिका १६ का ४५ वर्षीय प्रदीपसिंह धामी र अनपा १७ का ३३ वर्षीय करनबहादुर पाल गम्भीर घाइते भएका छन् । अनपा १६ का ५० वर्षीय सह विष्ट, अनपा १७ का ४५ वर्षीय कम्मान भाट, ४० वर्षीय कम्मानबहादुर पाल, १२ वर्षीय मानमती पाल, १२ वर्षीय सरस्वती भाट, १० वर्षीय विक्रम भाट, अनपा ११ का ४५ वर्षीय इन्द्रराम लोहार, सोही ठाउका ४० वर्षीय सिता लोहार, ५ वर्षीय सुन्दरी लोहार र ४ वर्षीय काली लोहार घाइते भएका छन् । त्यस्तै अनपा १५ का ५५ वर्षीय गणेश रैखोला, अनपा ३ की १८ वर्षीय कमला कार्की, अनपा १४ का ७० वर्षीय मानबहादुर बम, अनपा ५ की २५ वर्षीय मञ्जु कार्की, अनपा १६ का ५० वर्षीय आनसिह विष्ट, हुती १ का ३० वर्षीय जानकी भट्ट र १५ वर्षीय प्रकाश भट्ट घाईते रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । अहिले घाइते सबैको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ । गम्भीर घाइते धामी र पाललाई जिल्लामा उपचार गर्न सम्भव नभएकाले थप उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । धामी जिल्ला मालपोत कार्यालयका दार्चुलाका प्रमुख हुन । जीप बस स्टेशनमा पुग्न करिब २ सय मिटर बाँकी हुँदा दुर्घटना भएको हो । जीप चालक अनपा १६ का भुपाल धामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



0 comments
Write Down Your Responses