नेपाललाई सिक्किमीकरण हुनबाट रोकौंः प्रधानमन्त्री के पि वोलि

विभिन्न मागसहित सरकारी निवास बालुवाटार पुगेको युवा संघ नेपालको प्रतिनिधिमण्डलसँगको कुराकानीका क्रममा प्रधामन्त्री ओलीले देशलाई सिक्किमीकरणबाट जोगाउने जिम्मा युवाको काँधमा रहेको बताएका हुन् । ‘नेपाललाई विभिन्न र्धम, जात र वर्णका नाममा प्रयोग शाला बनाउन खोजिँदैछ’, उनले भने, ‘देशलाई प्रयोगशाला बनाउँदै सिक्किमीकरणको बाटोमा लाने खेललाई रोक्नुपर्छ । यसमा युवाको विशेष भूमिका हुन्छ ।’ प्रधानमन्त्री ओलीले अहिलेको संविधान विश्वकै प्रगतिशील रहेको बताउँदै दुईजनाले अँध्यारो कोठामा बसेर बनाएको योजनाले सडकमा उफ्रिँदैमा आफू कुनै हालतमा नझुक्ने बताए । ‘दुई चारजना अँध्यारो कोठमाा बसेर योजना बनाइ सडकमा उफ्रिँदैमा देशको हितविपरित कसैसँग सम्झौता हुँदैन’, उनले भने, ‘मधेसका नाममा देशलाई प्रयोगशाला बनाउन खोज्नेहरुसँग हामी कदापि झुक्दैनौं ।’ युवा संघ नेपालले सरकारले ल्याउन लागेको बजेट र नीति तथा कार्यक्रममा युवाहरुलाई सम्बोधन गर्नुपर्ने माग गर्दै प्रम ओलीलाई २६ बुँदे ज्ञापनपत्र पनि बुझाएको छ । प्रधानमन्त्रीले आगामी बजेटमा युवाहरुलाई विशेष प्राथमिकतामा राखेर योजना बनाउने आश्वासन दिएको संघका प्रवक्ता प्रभातविक्रम कट्वालले जानकारी दिए ।

,

0 comments

Write Down Your Responses