पेस्तोल देखाएर धम्की दिने दुई युवा पक्राउ

सिरहाः लेनदेनको विषयमा विवाद हुँदा पेस्तोल देखाएर ज्यान मार्ने धम्की दिएका दुई युवालाई बिहिबार सिरहा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा नगरपालिका–९ का गणेश यादव र सोही ठाउँका धनिक कामती रहेका छन् । उनीहरुबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने एक राउण्ड गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक एकनाथ कोइरालाले जानकारी दिए। कोइरालाका अनुसार लेनदेनको विषयमा विवाद भएकै कारण पक्राउ परेका यादव र कामतीले सिरहा नगरपालिका–११ का सत्यदेव कामतीलाई कटुवा पेस्तोल देखाएर धम्क्याएका थिए । दुवैलाई अहिले अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय विष्णुपुरमा राखिएको छ । 

,

0 comments

Write Down Your Responses