मन्दिरमा भएको आगलागीबाट मृत्यु हुनेहरुको संख्या ८६ पुग्यो lll

भारतको केरलास्थित कोल्लम जिल्लाको पारावुरमा रहेको एक मन्दिरमा भएको आगलागीमा परेर ८६ जनाको मृत्यु भएको छ । सो मन्दिरमा आतिबाजीका क्रममा आज बिहान ३ बजे आगलागी सुरु भएको थियो । मन्दिरको वार्षिकोत्सव अवसरमा शनिबारदेखि नै मन्दिरमा हजारौ भक्तजन सहभागी भएका थिए । आतिसबाजी मध्यरातदेखि सुरु भएको थियो । आतसिबाजीका पटका राखिएको स्टोरुममा आगो सल्केपछि मन्दिरमा ठूलो विष्फोट भएको थियो । सो विष्फोटपछि आगो जताततै सल्केको भारतीय सञ्चारमाध्यहरुले जनाएका छन् । घटनामा मृतकको संख्या बढ्ने अनुमान गरिएको छ । घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको।।

0 comments

Write Down Your Responses