यो वर्ष कति लाने भो कोरियाले नेपाली कामदार ????

                 काठमाडौं – रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारीका लागि दक्षिण कोरिया जान लिइने सातौं भाषा परीक्षामा करिब ३१ सय नेपाली युवालाई उत्तीर्ण गराइने भएको छ । यो संख्या गत वर्षको भन्दा झन्डै ६३ प्रतिशत कम हो । गत वर्ष ८ हजार ४९० युवा उत्तीर्ण भएका थिए । कोरियाको मानव संशाधन विकासले निर्धारण गरेको अनुमानित उत्तीर्ण संख्यामध्ये उत्पादनमूलक क्षेत्रमा २ हजार १०० र कृषि तथा पशुपालन क्षेत्रमा एक हजार निर्धारण गरिएको ईपीएस कोरिया शाखाले जनाएको छ । यो कोटाले कोरिया भाषा परीक्षाको तयारी गरिरहेका युवालाई भने निराश बनाएको छ ।

0 comments

Write Down Your Responses