तीन वर्षभित्र मुलुकलाई लोडसेडिङ मुक्त गराई बिद्युत निर्यात गर्ने प्रधानमन्त्री ओलीको दाबी
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी तीन वर्षभित्र मुलुकलाई लोडसेडिङ मुक्त गराई बिद्युत निर्यात गर्ने दाबी गर्नुभएको छ । उहाँले एक बर्षमा लोडसेडिङ मुक्त गराउने, दुई बर्षमा चाहिएजति बिद्युत आपुर्ती गर्ने र तीन बर्षमा अन्य मुलुकमा बिद्युत निर्यात गर्ने योजनामा आफु दृढताका साथ लागेको बताउनुभयो ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पद वहाली गरेपछि पहिलो निर्णय गरेर नेपालका सबै तुइन विस्थापन गरि झोलुङगे पुल बनाउने निर्णय गर्नुभएको थियो । तर, उहाँको यो भनाईले अझै मूर्त रुप लिएको छैन ।तर ओली प्रधानमन्त्री भएपछि झोलुङे पुल बन्ने कामले अझै तीव्रता पाएको छैन । प्रधानमन्त्रीले दुई बर्षभित्र तुइनलाई विस्थापन गरिसक्ने निर्णय गरे पनि सहजै यो निर्णयले मूर्त रुप लिने अवस्था छैन तर प्रधानमन्त्रीले फेरि यही भनाईलाई वारम्वार दोहो¥याउनु भएको छ ।
अहिलेसम्म उहाँ प्रधानमन्त्री भएपछि दुई ओटा मात्रै तुइन व्यवस्थापन भएको छ । अझै पनि कयौं नेपालीहरुले आफ्नौ दैनिकी तुइनकै माध्यमबाट चलाउन विवश छन् भने स्कूले विद्यार्थीहरु तुइनमै झुण्डिएर पढ्न जाँन वाध्य भएका छन् । ललितपुरमा बनेको झोलुङ्गे उद्घाटन जाँदा प्रधानमन्त्री ओलीले प्रयोग भएको हेलिकोप्टर खर्चले अरु झोलुङ्गे पुलहरु बन्न सक्थ्यो तर, उहाँको ध्यान यसतर्फ जान सकेन ।
1 comments
Write Down Your Responses


10 April 2016 at 03:23
Prime minister KP Oli ko kura biswass garyo vane saayad ek din hami aafai nai pagal hunchau hola. Tara aasha cha hamro desh Nepal bikash huncha ni vanne. Jaya Nepal ������������