तीन वर्षभित्र मुलुकलाई लोडसेडिङ मुक्त गराई बिद्युत निर्यात गर्ने प्रधानमन्त्री ओलीको दाबी

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी तीन वर्षभित्र मुलुकलाई लोडसेडिङ मुक्त गराई बिद्युत निर्यात गर्ने दाबी गर्नुभएको छ । उहाँले एक बर्षमा लोडसेडिङ मुक्त गराउने, दुई बर्षमा चाहिएजति बिद्युत आपुर्ती गर्ने र तीन बर्षमा अन्य मुलुकमा बिद्युत निर्यात गर्ने योजनामा आफु दृढताका साथ लागेको बताउनुभयो । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पद वहाली गरेपछि पहिलो निर्णय गरेर नेपालका सबै तुइन विस्थापन गरि झोलुङगे पुल बनाउने निर्णय गर्नुभएको थियो । तर, उहाँको यो भनाईले अझै मूर्त रुप लिएको छैन ।तर ओली प्रधानमन्त्री भएपछि झोलुङे पुल बन्ने कामले अझै तीव्रता पाएको छैन । प्रधानमन्त्रीले दुई बर्षभित्र तुइनलाई विस्थापन गरिसक्ने निर्णय गरे पनि सहजै यो निर्णयले मूर्त रुप लिने अवस्था छैन तर प्रधानमन्त्रीले फेरि यही भनाईलाई वारम्वार दोहो¥याउनु भएको छ ।
अहिलेसम्म उहाँ प्रधानमन्त्री भएपछि दुई ओटा मात्रै तुइन व्यवस्थापन भएको छ । अझै पनि कयौं नेपालीहरुले आफ्नौ दैनिकी तुइनकै माध्यमबाट चलाउन विवश छन् भने स्कूले विद्यार्थीहरु तुइनमै झुण्डिएर पढ्न जाँन वाध्य भएका छन् । ललितपुरमा बनेको झोलुङ्गे उद्घाटन जाँदा प्रधानमन्त्री ओलीले प्रयोग भएको हेलिकोप्टर खर्चले अरु झोलुङ्गे पुलहरु बन्न सक्थ्यो तर, उहाँको ध्यान यसतर्फ जान सकेन ।

1 comments

Prime minister KP Oli ko kura biswass garyo vane saayad ek din hami aafai nai pagal hunchau hola. Tara aasha cha hamro desh Nepal bikash huncha ni vanne. Jaya Nepal ������������

Write Down Your Responses