बाँकको तीन गाउँमा आगलागी, ७० घर जले
पालगन्जः बाँकेको तीन स्थानमा एकै पटक आगलागी हुँदा ७० भन्दाबढी घर जलेर नष्ट भएका छन् ।
बाँकेको होलिया–७ खडैचा, कालाफाटाको बालापुर र खासकुस्मा–४ मा आगलागी भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार खडैचामा ३०/३५ घर, बालापुरमा ४० बढी घर गोठ तथा कुसुममा ५ घर जलेर नष्ट भएका छन् ।
कुसुममा आगो निभाउन गएको दमकल खडैचा र बालापुरमा आगो लागेको खबर पाउनेवित्तिकै बीचैबाट फर्किएर आएको छ ।
दमकलका एक कर्मचारीले भने–कुसुमको आगो निभाउन गएको यता खडैचा र बालापुरमा त्यो भन्दा ठूलो आगलागी भयो भनेर फर्किएका हौँ ।’
नेपालगन्जबाट अगैया ५० किलोमिटर टाढा रहेको छ । तीनदेखि साढे तीन बजेको बीचमा तीनै ठाउँ आगलागी भएको प्रहरीले बताए ।
नेपालगन्जमा भएको एक मात्र दकमललाई एकै पटक लागेको आगो निभाउनसमस्या भएको दमकल शाखाका इन्चार्ज रञ्जीत श्रेष्ठले बताए ।
आगलागीबाट भएको क्षतिको एकीन विवरण आइनसकेको प्रहरीले जनाएको छ । हावाहुरीका कारण आगलागी भएको बताइएको छ ।


0 comments
Write Down Your Responses