तपाईंको आज को राशी फल

                                                                                                                  मिति: २०७२ चैत्र २८ आईतवार
 मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ आर्थिक क्षेत्रमा लगानी घट्नेछ । शारीरिक सौन्दर्यमा ध्यान जानेछ । पारिवारिक सद्भाव बढ्नेछ । आध्यात्मिक सन्तुष्टि मिल्नेछ ।

 वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो सामाजिक पदप्रतिष्ठामा कमी आउनेछ । वैदेशिक रोजगारीको अवसर मिल्नेछ । मित्रको सहयोग प्राप्त हुनेछ । नेतृत्व क्षमता बढ्नेछ ।

      मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा आध्यात्मिक क्षेत्रमा सहभागिता बढ्नेछ । व्यापारमा अवरोध आउनेछ । सूचनाको क्षेत्रमा सफलता मिल्नेछ । शैक्षिक भ्रमण हुनेछ ।

    कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो रोगबाधक क्षमता वृद्धि हुनेछ । आफन्तसँगको सम्बन्धमा सुधार आउनेछ । चोटपटक लाग्न सक्छ । राजनीतिक अन्योलता बढ्नेछ ।

         सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे कूटनीतिक कार्यमा उल्झन सामना गर्नुपर्नेछ । समाजमा कीर्ति बढ्नेछ । अधुरा कार्य पूरा हुनेछन् ।

               कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो राजनीतिक दायित्व बढ्नेछ । रोजगारमा विवाद उत्पन्न हुनेछ । आलस्यता बढ्नेछ । मित्रको सहयोगले महत्त्वपूर्ण कार्य सफल हुनेछन् ।

       तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते व्यावसायिक अन्तद्र्वन्द बढ्नेछ । सामाजिक कार्यमा आलोचना बढ्नेछ । कार्यव्यस्तताले मानसिक थकान बढाउनेछ ।  

          वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु शैक्षिक प्रतिस्पर्धा बढ्नेछ । शत्रु सक्रिय हुनेछन् । अध्ययन अध्यापन फलदायी रहनेछ ।

 धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे औद्योगिक क्षेत्रमा लगानी बढ्नेछ । आर्थिक सहयोग प्राप्त हुनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ ।

             मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि न्यायिक कार्यमा बाधा उत्पन्न हुनेछ । शारीरिक चञ्चलता बढ्नेछ । अध्यापनमा सुधार आउनेछ ।

 कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा मान्यजनको सहयोगले आर्थिक सुधार हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनेछ । नशासम्बन्धी समस्या बढ्नेछ । अर्थ प्राप्ति हुनेछ ।

   मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि व्यावसायिक हानि हुनेछ । धन सञ्चित हुनेछ । रोजगारमा प्रगति हुनेछ । स्वास्थ्यसम्बन्धी समस्या बढ्नेछ । चञ्चलता बढ्नेछ ।

0 comments

Write Down Your Responses