मालिकको कुटाईबाट मजदुरको मृत्यु

चैत्र २७, २०७२- कुखुरा फर्मका मालिकको यातनाबाट शनिवार यहाँ एक मजदुरको मृत्यु भएको छ । प्रहरीका अनुसार हात्तीलेट ३ का पवनकुमार वस्नेतको कुटाईबाट सोही ठाउँका २८ वर्षीय विजुली सदाको मृत्यु भएको हो । स्थानीयका अनुसार सदा बस्नेतको कुखुरा फर्मममा मजदुरी गर्थे । कुखुरा मरेको भन्दै बस्नेतले कुटपिट गरेका थिए । प्रहरीले बस्नेतलाई भारतीय सीमानजिक पर्ने टिकुलिया बजारबाट पक्राउ गरेको हो ।

0 comments

Write Down Your Responses