News
»
६ सहरमा एनआरएनको कार्यक्रम सम्पन
६ सहरमा एनआरएनको कार्यक्रम सम्पन

२०७३- वैशाख -२५-उच्च शिक्षाका लागि अष्ट्रेलिया आएका नेपाली बिद्यार्थीहरुको हितका लागि प्रवासी नेपालीहरुको संगठन एनआरएनले विभिन्न ६ सहरमा सुरु गरेको कार्यक्रम सम्पन्न गरेको छ ।
अध्ययनका लागि आएका नेपालीहरुलाई कानुनी, आर्थिक, प्राविधिक समस्याहरु आउने भएकाले यसको समाधानका लागि सहयोग पुर्याउने उद्देश्यले एनआरएनले बिभिन्न सहरहरुमा १ करोड संकलन गर्ने लक्ष्य सहित कार्यक्रम सुरु गरेको थियो । उक्त कार्यक्रम शनिबार साउथ अष्ट्रेलियाको एडिलेडमा कार्यक्रम गरेर सम्पन्न गरिएको कार्यक्रमका संयोजक समीम अनवरले जानकारी दिए । सबै नेपाली बिद्यार्थीहरुलाई आइपर्ने हरेक किसिमका समस्याहरु समाधानका लागि सहयोगी बन्ने उद्देश्यका साथ बिभिन्न ६ सहरहरुमा कार्यक्रम आयोजना गरिएको अनवरले जानकारी दिए ।
एडिलेडमा गरिएको कार्यक्रममा करिब सयजना नेपालीहरुले एकै किसिमको पोसाक लगाएर ५ किलोमिटर पैदल यात्रा गरेको संस्थाका अध्यक्ष सुरेन्द्र सिग्देलले जानकारी दिए । सिड्नी, मेलबर्न, ब्रिसबन, पर्थ, डार्विन, एडिलेडमा सम्पन्न गरिएको थियो । आफूहरुले सोचेको भन्दा राम्रो उपस्थिति रहेको र लक्ष्य बराबर रकम संकलन हुने सिग्देलले बताएका छन् । सम्पन्न भएको कार्यक्रममा सांगीतिक प्रस्तुति दिन अष्ट्रेलिया आएका गायक कर्ण दासको समेत उपस्थिति थियो ।
0 comments
Write Down Your Responses