यातायात व्यवसायी र प्रहरीबीच झडप, बीचमा परे पत्रकार पनि

         २५ बैशाख -दाङमा प्रहरी रराप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायीबीच झडप भएको छ शनिबारबाट सञ्चालनमा आउन लागेको मालिका कालिका यातायातको बसलाई अबरोध गर्न खोज्ने यातायात व्यवसायी र प्रहरीबीच भएको झडपका क्रममा राप्ती यातायात समितका अध्यक्ष सुरेश हमाल घाइते भएका छन् । उनीहरुले नयाँ बस सञ्चालनमा ल्याएको भन्दै अवरोध गरेका थिए । राप्ती बस व्यवसायी संघका बरिष्ठ उपाध्यक्ष भरनाथ योगीले झडप स्थलमा समाचार संकल गर्न गएका पत्रकार गणेश आचार्यको क्यामेरा नियन्त्रणमा लिएका छन् । क्यामेरा खोसिएपछि आचार्यले पत्रकार महासंघ दाङमा लिखित पत्र बुझाएका छन् । प्रहरीले यातायात सञ्चालनमा अवरोध गर्ने ३ जनालाई नियन्त्रणमा लिएको छ ।

0 comments

Write Down Your Responses