एक थान पेस्तोलसहिस्त ४ युवकहरू पक्राउ गरेको छ ।
२५ बैशाख - मोरङ प्रहरीले एक थान पेस्तोलसहिरजना पक्राउ गरेको छ । मेड इन युएसए लेखिएको पेस्तोल र सो पेस्तोलको म्याग्जिनसहित सर्लाही कविलाशीका ३० वर्षीय मनिषकुमार यादव, विराटनगरका २९ वर्षीय वैभव अर्याल, विराटनगरका २३ वर्षीय उत्सव रिजाल र सोही ठाउँका ३३ वर्षीय सन्दीप प्याकुरेललाई प्रहरीले पक्राउ गरेको हो ।
गोप्य सूचनाका आधारमा राति १० बजे विराटनगरका एक होटलबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका सबै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

0 comments
Write Down Your Responses