चीनका शौचालयमै एटीएम र वाईफाई सुविधा

एजेन्सी: चीनको राजधानीस्थित बेइजिङ्ग नगरपालिकाले यस वर्ष एक सयवटा वाईफाई युक्त चर्पी बनाउने भएको छ । सहरको शौचालय क्रान्तिको प्रयासलाई मजबुत बनाउन चीनले वाईफाई सुविधा र एटीएम मेशिनसहितको चर्पी बनाएको हो । बेइजिङ्ग महानगरपालिका कमिशन अफ सिटी एडमिनिस्ट्रेशन एन्ड इन्भायरमेन्टका अनुसार तोङ्गझु तथा फङ्गाशान जिल्लामा बनाइने यी चर्पीमा एटीएम मेशीन, र वाईफाई उपलब्ध हुनेछन् । त्यसैगरि मोबाइल फोन तथा इलेक्ट्रिक सवारीको रिचार्ज गर्ने सुविधा पनि यी चर्पीमा राखिनेछ । चर्पी नजिकै बालबालिकालाई बसाउने सुविधा पनि हुनेछ । महिलाहरुलाई शौच गर्दा सहज वातावरण बनाउन यो निर्णय गरिएको हो । यस्ता प्रत्येक चर्पीको अनुमानित लागत करिब ५० हजार युआन अर्थात (७ हजार ६ सय ८५ डलर) हुन सक्नेछ ।

,

0 comments

Write Down Your Responses