बजेटको सिद्धान्त र प्राथमिक्ताबारे संसदमा बहसको आज अन्तिम दिन

वैशाख २५- २०७३- आगामी बजेटको सिद्धान्त र प्राथमिक्ताबारे अन्तिम छलफल गर्न बिहान ११ बजे व्यवस्थापिक संसद्को बैठक सुरु भएको छ । बैठक सुरु हुने बित्तिकै मधेसी मोर्चाका तर्फबाट सद्भावना पार्टीका सांसद नरसिंह चौधरीले असहमति राख्दै बैठक बहिष्कार गरेको घोषणा गरेका थिए । त्यसपछि बैठकमा उपस्थित सबै मधेसी मोर्चाका सांसदहरु बाहिरिएका थिए । आज जारी बैठकमा बोल्दै नेपाली कांग्रेसमा सांसद प्रकासशरण महतले सरकारले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई मनगढन्ते आरोप लगाएर फिर्ता बोलाइएको आपत्ति जनाएका छन् । राजदूत भनेको कुनै पार्टीले नियुक्त गरेपनि देशको प्रतिनिधि ह उनले भने सत्तारुढ दललाई समर्थन नगरेको र राष्ट्रपतिको भ्रमणमा पनि असहयोग गरेको भन्ने हावादारी आरोप लगाएर त्यसरी फिर्ता बोलाउन पाइँदैन । बैठकमा अन्य सांसदहरुदले बोल्ने क्रम जारी छ ।

,

0 comments

Write Down Your Responses