भारतीयहरु आएका १२ भन्दा बढी सशस्त्र हतियारधारी समुहद्वारा लुटपाट

बर्दिया जिल्लाको सदरमुकाम गुलरिया देखि करिव १२ किलोमिटर पश्चिममा पर्ने सानोश्री ताराताल न.पा.३ प्रगतिनगरमा रहेको सानो किसान सहकारी संस्थामा गए राति लुटपाट भएको छ । नगरपालिकाको प्रगति बजार नजिकै रहेको संस्थाका सुरक्षा गार्ड टीकाराम न्यौपाने र बुद्धिबहादुर थापालाई १२ जना भन्दा बढीको संख्यामा आएका सशस्त्र हतियारधारी समुहले कब्जामा लिएर लुटेको प्रहरीले जनाएको छ । राति करिव दुई बजेको समयमा आएको सशस्त्र हतियारधारी समुहले संस्थामा रहेको करिव ३ लाख रुपैयाँ लुटेर लगेको समेत प्रहरीले जनाएको छ ।
शस्त्र समुहमा भारतीयहरु समेत रहेको प्रहरीको दावी छ । संस्था लुटिएको बिषयलाई लिएर अहिले प्रहरीले अनुन्धान गरि रहेको छ । संस्थामा रहेका गार्ड दुवै जनालाई नियत्रन्त्रणमा लिएर सोधपुछ भईरहेको समेत प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses