फुटबल खेल्दाखेल्दै लडेका इकेङ खिलाड़ी अब कहिल्यै नउठ्ने भए

खेलका क्रममा मैदानमा लडेका डिनामा बुचरेष्ट तथा क्यामरुनका मिडफिल्डर प्याट्रिक इकेङको निधन भएको छ । रोमानिया लिग अन्तरगत डिनामो र भिआइटोरलको बीचका खेलको क्रममा इकेङ ७० औं मिनेटमा मैदानमा लड्न पुगेका थिए । हृदयघात भएका उनलाई तत्काल अस्पताल पुर्‍याइएको थियो । तर, झण्डै २ घन्टा नवित्दै उनको निधन भएको छ । यो घटना विश्व फुटबलका लागि दुःखद भन्दै खेलाडी, प्रशिक्षक लगायतले श्रद्धान्जली व्यक्त गरेका छन्

0 comments

Write Down Your Responses