»
बरिष्ठ प्रहरी अधिकृतहरुलाई प्रधानमन्त्री ओलीले दिए निर्देशन \\\
बरिष्ठ प्रहरी अधिकृतहरुलाई प्रधानमन्त्री ओलीले दिए निर्देशन \\\

काठमाडौं-२५ बैशाख = आगामी मसिंर भित्र स्थानीय निकायको निर्वाचन हुने प्रधानमन्त्री केपी शर्मा ओली दाबी छ । कातिक मसिरमा स्थानिय निकायको निर्वाचन हुने भन्दै प्रधानमन्त्री ओलीले बरिष्ठ प्रहरी अधिकृतहरुलाईलाई निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका छन् ।
प्रहरी प्रधान कार्यलयको निरीक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले २०७४ माघ ७ गते भित्रमा आम निर्वाचन हुने बताएका छन् । सत्तासाझेदार एमाओवादीसँग भएको नौंबुँदे सहमति सरकारका काम कारबाहीलाई प्रभावकारी बनाउन सहयोगी हुने बताए ओलकिो भनाई छ ।
उक्त ९ बुँदे सहमतिलाई सरकारले काम गर्ने एग्रिमेन्ट पेपर भनेर ओलीले नामाकरण गरेका छन् । प्रधानमन्त्री ओलीले देश संघीय संरचनामा गएकोले नेपाल प्रहरी पनि त्यसै ढाँचामा परिवतर्न हुन प्रहरीका बरिष्ठ अधिकारीहरुलाई निर्देशन दिएका छन् ।
Labels:
0 comments
Write Down Your Responses