आवाज आउने गरेको इरफानको चिहान अगाडि गाउँले चिहानमा गाडिसकेको शव गुन्गुनाएको कुरा के तपाईं विश्वास गर्न सक्नुहुन्छ ? कहिले मुर्दाले गीत गाएको सुन्नु भएको छ ? कुनै बेला तपाईंलाई मुर्दाले बोलाएको छ? तपाईंले देख्नुभएको छ मुर्दा जीवित भएको ? यदि होइन भने चिहानमा जसलाई गाडिएको छ जो मरेपछि पनि गुन्गुनाइरहन्छ । चिहानमा गाडिसकेपछि पनि जसले जमिनमुनिबाट मलाई बचाउ, म जिउँदै छु भन्दै आवाज दिइरहन्छ । मृत्यु भएर चिहानमा गाडेको दुई महिनापछि छोराले आफूलाई निकाल्न गुहार लगाएको भन्दै एक दम्पती प्रहरीसम्म नै पुगेका छन् । नेपालसँगै सीमाना जोडिएको भारतको उत्तर प्रदेश राज्यको मेरठस्थित जलालपुर गाउँमा यस्तै एउटा घटना भएपछि गाउँले आश्चर्यचकित भएका छन् । दुई महिनाअघि मृत्यु भएर चिहानमा गाडिसकेका एक युवकले आफू जिउँदै भएकोले बाहिर निकाल्न गुहार लगाएपछि गाउँले आश्चर्यसँगै त्रसित भएका छन् । यो कुनै काल्पनिक घटना होइन । यो एक सत्य घटना हो उत्तर प्रदेशको मेरठ गाउँको । जहाँ एक पिताले जिल्ला प्रशासनसँग गुहार माग्दै उसको छोरालाई गाडिएको चिहान उत्खनन गर्न माग गरेका छन् । ती बाबुले आफ्नो छोराले चिहानभित्रबाट आफूलाई आवाज दिँदै बचाउन आग्रह गरेपछि प्रशासनसँग गुहार लगाउनुपरेको बताएका छन् । जलालपुर गाउँमा केही सातायता मानिसको अनुहारको खुसी हराएको छ । उनीहरुको आँखामा केबल त्रास मात्रै झल्किरहेको छ । हरबखत कुनै अनौठो डरले आतंकित छन् गाउँले । किन कि उनीहरुको गाउँको एक मुर्दा बिहान बेलुका चिहानबाट निरन्तर आवाज दिइरहन्छ । स्थानीयबासिन्दाका अनुसार चिहानबाट गुनगुनाएको आवाज पनि आइरहन्छ । गाडिसकेको मानिसले बचाउन गुहार लगाएपछि यो मामिला जिल्ला प्रशासन र प्रहरीसम्म पुगिसकेको छ । चिहानबाट मानिस बोलेको कुरा सार्वजनिक भएपछि उत्तर प्रदेशमा यो कुरा चिया पसलदेखि चौतारोसम्म चर्चाको विषय बनेको छ । समाचार अनुसार यो चिहान स्थानीय युवा इरफानको हो । जसको दुई महिनाअघि मृत्यु भइसकेको छ । इरफानका परिवारका अनुसार तर अघिल्लो सातादेखि चिहानबाट इरफानको आवाज आइरहेको छ । इरफानको आवाजमा आफू जिउँदै रहेकोले बाहिर निकाल्न आग्रह गरिरहेको उनका परिवारको भनाइ छ । इरफानका भाइ दीन मुहम्मदका अनुसार दाजुको मृत्युको केही सातासम्म सबै कुरा ठीकठाक चलिरहेको थियो । तर एक दिन बिहान जब उनी चिहान नजिकैबाट गइरहेकाले चिहानभित्रबाट गुनगुनाइरहेको आवाज आयो । पहिले त उनले एकिन गरेनन्, जब चिहानबाट निरन्तर आवाज आयो तब उनको सातो उड्यो । इरफान हेन्डसम युवा थिए । उनी आफ्नो घरमा मात्रै होइन उनको गाउँमा समेत प्यारा युवा थिए । तर अचानक उनले रतग बान्ता गर्न थालेपछि स्वास्थ्यमा गम्भीर समस्या आयो । त्यहीकारण उनको २५ फेब्रुअरीमा निधन भयो । इरफानको अचानक निधन भएपछि गाउँले शोकमा डुबेका छन् । गाउँलेहरुका अनुसार इरफानको सामान्य तरिकाले निधन भएको होइन । उनको निधनका पछाडि केही न केही रहस्य लुकेको छ । दुई गज जमीनमुनि पुरिएका ३२ वर्षीय इरफान गीत गाउन धेरै मन पराउँथे । उनी गाउँलेकै प्यारा युवक थिए । एक दिन अचानक उनको स्वास्थ्य बिग्रन थाल्यो । घर परिवारले उनको उपचारका लागि कयौं डाक्टरलाई पनि देखाए । तर उनको स्वास्थ्यमा कुनै सुधार आएन । त्यसपछि इरफानले रगत बान्ता गर्न थाले। परिवारको सारा कोशिस असफल भयो । अन्तत: इरफान यो दुनियाँबाट विदा भए । गाउँलेलाई इरफानको निधन सामान्य लागेको थिएन । उनका वृद्ध पिता सबिरुद्दीनले आफ्नो कलेजोमा ढुंगो राख्दै जवान छोरालाई दुई गज जमीनमुनि गाडेर विदा गरे ।
आउँछ आवाज म जिउँदै छु बाहिर निकाल, हेर्नलाई गाउलेहरुको घुइचो चिहानमा


0 comments
Write Down Your Responses