काबुल आक्रमणले चुडाइदियो गोमाको खुशी

                          अफगानिस्तानमा मारिएका अकुर र उनकी श्रीमती गोमा ।

  सौजन्य ;; परिवार 

    काबुल आक्रमणः शोकमा अकुरको परिवार इटहरीः अफगानिस्तानको काबुलमा आत्मघाती बम विष्फोटमा सुनसरीको इटहरीका अकुर तामाङको मृत्यु भएपछि उनको परिवार शोकमा डुबेको छ । पाँच वर्षदेखि अफगानिस्तानमा सुरक्षा गार्डका रूपमा कार्यरत तामाङको सोमबार हत्या भएपछि उनकी ६५ वर्षीया आमा लाखमाया, ७७ वर्षीय बुबा भीमबहादुर र परिवारका अन्य सदस्य शोकमा डुबेका छन् । छोराको मृत्युको खबरले अकुरकी आमा लाखमाया बेहोस भएकी छन् । गत वैशाख १७ गते दोधार हुँदै गएको अकुरसँग हप्ता दिन अगाडि मात्र आमा लाखमायाले फोनमा कुरा गरेकी थिइन् । ‘फोनमा कुरा गर्दा आमा मलाई राम्रै छ चिन्ता नगर्नू है भन्थ्यो', आँसु झार्दै लाखमायाले भनिन्, ‘छोराले मेरो क्रिरिया गर्छ होला भनेको त आफैंले उसको क्रिरिया गर्नुपर्ने भयो ।' पाँच वर्षअगाडि नेपाली सेनाको जवान पदको जागिर छाडेर अफगानिस्तान गएका अकुर बर्सौपिच्छे घर आउँथे । हेटौंडाकी गामा गोलेसँग प्रेम विवाह गरेका अकुर २०७३ को नयाँ वर्ष परिवारसँग बसेर नाचगान गर्दै मनाएर फर्केका थिए । एक वर्षपछि घर फर्किने बाचा गर्दै उनी अफगानिस्तान गएको अकुरकी जेठी भाउजू कमला तामाङले बताइन् । ‘एक वर्षपछि घर आउँछु भन्दै बिदा हुनुभएका देबरको डेढ महिनामा नै मृत्युको खबर सुन्नुपयो । भगवनाले पनि राम्रा मान्छेलाई देखिसहदा रहेनछन्', उनले भनिन् । अकुरकी श्रीमती गोमा माइतीघर हेडौंडामा रहेको र उनलाई पनि इटहरी बोलाइएको कमलाले बताइन् । विदामा घर आएको छोराले अफगानिस्तान फर्कने क्रममा दोधार मन गरेपछि आफूले पटकपटक नजान आग्रह गरेको पनि उनले सुनाइन् । अकुरकी भतिजी कोपिला काकाले ल्याइदिएको मोबाइल देखाउँदै भक्कानिरहेकी छन् । ‘राम्रो पढ्नू अर्कोचोटी आउँदा ल्यापटप ल्याइदिन्छु भन्नुहुन्थ्यो', कोपिलाले भनिन् । अकुर भीमबहादुरका मन्तरे छोरा थिए । खोटाङको दिक्तेल नगरपालिकाबाट २०६० सालदेखि तामाङ परिवार इटहरीको हाँसपोसामा बस्दै आएको थियो । अकुर तीन वर्षअघि हेटौंडाकी गोमासँग विवाह बन्धनमा बाँधिएका थिए । श्रीमान् अफगानिस्तानमा रोजगारीका लागि गएपछि गोमा माइतमा बस्दै आएकी थिइन् ।

0 comments

Write Down Your Responses