जेठ २१ देखि २७ गतेसम्मको राशिफल

मेष
 सुखद पारिवारिक वातावरणलाई डाहा गर्नेहरूले खलबल्याउन सक्छन् । आफ्नो क्षमताबाट जवाफदेही कार्य सम्पन्न गरी नयाँ उचाइमा पुगिनेछ । काममा ढिलाइ भए पनि सही मार्ग पहिल्याउन सकिनेछ । मेहनत गरे स्वदेशमै अवसर हात लाग्नेछ । खानपानको फेरबदल हुँदा स्वास्थ्यमा ध्यान दिनुहोला ।

 वृष 
चुरो कुरा पत्ता लगाई असहज परिस्थितिको सामना गर्न सकिनेछ । आफ्नो क्षमता प्रदर्शन गरी इनाम प्राप्त गर्ने अनुकूल समय छ । खलबलिँदो पारिवारिक वातावरणबाट मुक्ति पाइनेछ । मन मिल्ने साथीको सुझावमा मात्र भर पर्दा पछि परिएला । नाटकीय प्रेम गरी झुक्याउनेहरूसँग सचेत रहनुहोला । शिवजीको आराधनाले मानसिक तनाव कम गर्नेछ । 

मिथुन
 स्वदेशी तथा विदेशी साथीभाइसँग प्रगाढ सम्बन्ध रहनेछ । छोटो समयमै विशेष उपलब्धि हासिल गर्न सकिनेछ । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । खराब आचरण हुनेहरूले जालझेल गर्न सक्छन्, सचेत रहनुहोला । प्रलोभन देखाउनेहरूबाट टाढा रहँदै प्रतिष्ठा जोगाउने प्रयास गर्नुपर्नेछ ।

 कर्कट
 प्रतिष्ठत व्यक्तिको सुझाव स्वीकार गरे विशेष फाइदा हुनेछ । दीर्घकालीन आम्दानी हुने साझेदारी व्यवसायमा आकर्षित भइनेछ । व्यवसायको सिलसिलामा विदेश जाने सम्भावना छ । आफन्तहरूबाट टाढा रहेर काम गर्नु उचित हुन्छ । प्रेमी–प्रेमिकाबीचको सम्बन्ध सुमधुरतातर्फ उन्मुख होला ।

 सिंह
 प्रतिस्पर्धीहरूलाई पछि पार्न नयाँ कार्य क्षेत्र रोज्नुहोला । सोचविचार नगरी अरूलाई वचन दिँदा परिस्थिति प्रतिकूल हुन सक्छ । कार्यव्यस्तता बढी हुने हुँदा स्वास्थ्यमा विशेष ध्यान दिनुपर्नेछ । रातो रंग प्रयोग गर्न सके चुनौती सामना गर्न सहज हुनेछ । साताको अन्त्यमा स्वास्थ्यमा विशेष ध्यान पुर्‍याउनुहोला । 


कन्या
 विविध क्षेत्रमा रोजगारीको अवसर हात लाग्न सक्छ । आफन्त तथा मान्यजनको सहयोगबाट मांगलिक कार्यको तिथि छिनोफानो हुने सम्भावना छ । मित्रजनको सहयोगबाट व्यापार–व्यवसायमा सफलता हात पर्नेछ । साथीभाइसँग मनोरञ्जनमा सहभागी हुँदा खर्च बढ्ने देखिन्छ । सवारी साधन चलाउँदा संयमित रहनुहोला । 


तुला
 नयाँ व्यवसायलाई उचाइमा पुर्‍याउन अभिभावकको सुझाव आत्मासात् गर्नुपर्नेछ । साथीभाइसँग नगद कारोबार गर्दा ध्यान पुर्‍याउनुहोला । नौलो स्थानको यात्राका क्रममा हुने भेटघाटले मनोबल बढाउनेछ । भोजभतेरमा संलग्नभै अबेरसम्म मनोरञ्जन गर्दा समयको ख्याल गर्नुहोला । 

वृश्चिक 
सामाजिक क्षेत्रमा काम गर्ने अवसर जुट्नेछ । मझौला किसिमका लगानीबाट धन आर्जन गर्न सकिनेछ । पैतृक सम्पत्ति उपयोग गर्दा थप फाइदा उठाउन सकिनेछ । प्रेमसम्बन्धमा सावधानीपूर्वक निर्णय गर्नुपर्नेछ । मौसमी फेरबदलका क्रममा स्वास्थ्यको ख्याल गर्नुहोला । 

धनु 
जटिल समस्याहरू सुल्झाउँदै धेरैको प्रशंसा बटुल्न सकिनेछ । अवसरको खोजीका क्रममा विदेश यात्राको सम्भावना छ । अनुशासन एवं मर्यादा पालन नगर्दा विवाद निम्तिन सक्छ, विवेकशीलता वा सचेतता अपनाउनुहोला । सामूहिक लगानीमा गरिएका कार्यले भने मुनाफा दिनेछ । साताको अन्त्यतिर प्रेम–प्रस्ताव प्राप्त हुन सक्छ ।

 मकर
 मन पर्ने पहिरनका लागि बढी मूल्य तिनुपर्ने बाध्यता आइलाग्न सक्छ । सामूहिक लगानीमा गरिएको कार्यले मुनाफा दिने सम्भावना छ । अरूप्रति छिटो विश्वास गर्दा प्रेमिका चिढिन सक्छन् । साताको अन्त्यमा दान पुण्य आदि परोपकारी कार्यमा संलग्न हुदाँ आत्मविश्वास वृद्धि हुनेछ । 


कुम्भ
 आलस्य उत्पन्न भै दैनिक कार्य ओझेलमा पर्न सक्छ । भ्रमण एवं योग गर्नाले ऊर्जा प्राप्त हुनेछ । अन्योलका बीच उन्नतिको मार्ग पहिल्याउन सकिनेछ । रोकिएका काममा पुन: प्रयत्न गर्दा सफलता हात लाग्नेछ । खानपान तथा मनोरञ्जनमा लाग्दा समयको ख्याल गर्नुहोला । साताको उत्तराद्र्धमा सर्तकता अपनाउनुपर्नेछ ।

 मीन
 रोजगारीको अवसर हात पर्दा जीवनशैलीले नयाँ मोड लिनेछ । साताको मध्यतिर घरायसी तथा अफिसियल दुवैतर्फको बोझिलो कार्यभार आइलाग्न सक्छ । अहोरात्र मेहनत गरेर कार्य सम्पन्न गर्नुपर्नेछ । परिवारका सदस्यहरूको मन दुखाइमा हेक्का राखी साथ दिनु उचित हुन्छ । साताको अन्त्यतिर विश्वासपात्रहरूलाई वचन दिँदा सर्तकता अपनाउनुहोला ।

0 comments

Write Down Your Responses