वरिष्ठ गायक तथा संगीतकार अम्बर गुरुङको ७९ बर्षको उमेरमा ग्राण्डी अस्पतालमा निधन
काठमाडौँ, २५ जेष्ठ - नेपाली राष्ट्रिय गानका संगीतकार तथा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति अम्बर गुरुङको ७९ वर्षको उमेरमा निधन भएको छ। सन् १९३८ मा भारतको दार्जिलिङमा जन्मेका गुरुङले नेपाली साँगीतिक क्षेत्रको उत्थानका लागि महत्वपूर्ण योगदान दिएका छन्।
एकसाता देखि ग्रान्डी अस्पतालको आईसीयूमा उपचाररत गुरुङको मंगलबार बिहान २ बजेर ३७ मिनेट जाँदा निधन भएको अस्पतालका जनसम्पर्क अधिकृत विनोद अधिकारीले जानकारी गराएका छन्। लामो समय भारतको मेदान्त अस्पतालमा उपचार गराएर फर्किएका गुरुङलाई पुन समस्या देखिएपछि गत सोमबार ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल लगिएको थियो।
संगीतकार गुरुङको उपचारमा ग्रान्डी अस्पतालका क्रिटिकल केयर मेडिसिनका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन, पल्मोनोलोजी तथा क्रिटिकल केयर बिशेषज्ञ प्रा.डा. अर्जुन कार्कीसँगै विशिष्ट डाक्टरहरु संलग्न रहेका थिए। लामो समयदेखि उच्च रक्तचाप, मधुमेह, पार्किन्सन्सबाट पीडित गुरुङलाई गतसाता एस्पिरेसन न्युमोनिया, पेट तथा अन्न नलिको रक्तश्राव लगायतका समस्या देखिएका थिए।
राष्ट्रिय गानका संगीतकार समेत रहेका गुरुङले सयौँ गीतमा स्वर तथा संगीत दिएका थिए। राष्ट्रकवि माधव घिमिरेको लोकप्रिय गीतिनाटक मालति मङ्गले, महाकबि देवकोटाको लोकप्रिय गीतिनाटक कुन्जिनी र मुनामदन लगायतका कृतिहरुमा पनि संगित दिएका थिए। गुरुङका पत्नी, तीन छोरा र एक छोरी छन् । नेपाली सांगीतिक क्षेत्रमा ठुलो योगदान पुर्याउने स्वर्गीय संगीतकार गुरुङ्गप्रति हामी सच्चा श्रदाञ्जली अर्पण गर्दछौँ।



0 comments
Write Down Your Responses