१४६ जना कोरिया भाषा परीक्षा दिनबाट वञ्चित

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जानका लागि वैशाखमा फाराम भरेकामध्ये १४६ युवाले कोरिया भाषा परीक्षा दिन नपाउने भएका छन्। कारोबार दैनिकमा समाचार छ। ईपीएस कोरिया शाखाका अनुसार विगतको भाषा परीक्षामा चिटिङ गर्ने, दोहोरो फारम भर्ने र उमेर नपुगेकाहरुले परीक्षा दिन नपाउने गरी नाम हटाइएको हो। 'साताैं कोरियन भाषा परीक्षाको दरखास्त दर्ता गर्नेभध्ये १४६ जनाको र्इपीएस नियमबमोजिम कैफियत भेटियो,'इपीएस कोरिया शाखाका प्रमुख डिल्लीराम बाँस्तोलाले भने,'कोरियाको मानवसंसाधन विकार सेवाले ती दरखास्त फाराम रद्ध गरेको छ।' परीक्षा दिन नपाउनेमा १५ जना विगतमा परीक्षा नियम उल्लंघन गरेका छन्। तर, उनीहरू गत वर्ष नै कारवाहीमा परी दुई वर्षसम्म परीक्षा दिन नपाउनेमा पर्छन्। गत वर्ष एउटा परीक्षार्थीको ठाँउमा अर्को परीक्षार्थी सहभागी भएको र कपी गर्ने परीक्षार्थीलाई दुई वर्षसम्म परीक्षा दिन प्रतिवन्ध लगाइएको थियो। दोहोरो फारम भर्ने १९ जना परीक्षार्थीको एउटा फारम अस्वीकृत गरिएको छ। उनीहरुले उत्पादनमूलक क्षेत्रका साथै कृषि क्षेत्रमा फाराम भरेका थिए। ११२ जना भने कम उमेरका भएका कारण परीक्षामा सहभागी हुन पाएनन्।

0 comments

Write Down Your Responses