स्वीटजरल्यान्ड ५-४ गोलले पराजित
काठमाडौंः पोल्यान्ड फ्रान्समा जारी युरोकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्न सफल भएको छ । शनिबार साँझ भएको प्रतिस्पर्धात्मक खेलमा स्वीटजरल्यान्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पोल्यान्ड अन्तिम ८ मा पुग्न सफल भएको हो । निर्धारित ९० मिनेटर थपिएको ३० मिनेटमा पनि दुबै टीमले १–१ गोलको बराबरी खेलेपछि पेनाल्टी सुटआउटबाट नतिजा निकालिएको थियो । युरोकपको पहिलो क्वार्टफाइनल खेल नै पेनाल्टी सुटआउटबाट निर्णय लिनु परेको हो। खेलमा पहिले अग्रता लिएको पोल्यान्ड पेनाल्टी सुटआउटमा पनि नजिता आफ्नो पक्षमा पार्न सफल भयो । उसका लागि खेलको ३९ औं मिनेटमा जाकुब ब्लास्ज्क्ज्योकोस्कीले कामिल ग्रोसिकीको गोलमा पोल्यान्डलाई अग्रता दिलाएका थिए । तर स्वीटजरल्यान्ड खेलको दोस्रो हाफमा खेलमा फर्कियो । उसका लागि खेलको ८२ औं मिनेटमा इरेन डेर्डियोकको पासमा हेर्दन साकिरीले आकर्षक गोल गदै खेललाई बराबरीमा ल्याए । उनले डी बक्स बाहिरबाट प्रहार गरेको उत्कृष्ट ओभरहेड किकबाट हानेको बल पोल्यान्डका किपरले थाहै नपाई जाली चुम्न पुगिसकेको थियो । त्यसपछि दुबै टीमबाट गोल नहुँदा निर्धारित ९० मिनेटको समय १–१ गोलमा सकियो । थपिएको ३० मिनेट अतिरिक्त समयमा पनि दुबै टीम गोल गर्न असफल रहे । त्यसपछि पेनाल्टी सुटाआउटमा पुगेको खेलमा पोल्यान्डको भाग्य फिर्यो । पोल्यान्डका पाँचैजनाले पेनाल्टीमा जाली चुमाउँदा स्वीटजरल्यान्डका ग्रानिट हाकाले पेनाल्टी मिस गरेपनि पोल्यान्ड ५–४ ले बिजयी हुँदै अन्तिम आठमा पुग्ने पहिलो टोली बन्यो ।



0 comments
Write Down Your Responses