कावुलमा मारिएका १३ नेपालीहरुको बिमा रकम रोजगार दाता कम्पनीले दिने
अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती आक्रमणमा मारिएका १३ नेपालीको जीवन बिमा गरेकोले उक्त रकम रोजगारदाता कम्पनीले प्रदान गर्ने भएको छ। क्यानेडियन विदेस मन्त्रालयले उनीहरू प्राइभेट कम्पनीबाट दूतावासमा कार्यरत रहेको र बिमा स्वरुप रकम र अन्य सेवा सुबिधा कम्पनीले नै प्रदान गर्ने बताएको छ। पीडितका परिवारले बिमा स्वरुपको रकम कति पाउने भन्ने बारेमा विदेश मन्त्रालयले खुलाएको छैन। ‘२० जुनमा भएको आतंककारी हमलाबाट २ भारतीयसहित १३ नेपाली सुरक्षाकर्मीको ज्यान गुमाएका थिए। ‘यो घटनाबाट क्यानाडा सरकार गहिरो दुःख व्यक्त गर्,’ विदेश मन्त्रालयकी संचार प्रवक्ता डीयना खद्दाजले इमेलको जवाफ दिँदै भनिन्, ‘ती गार्डहरू काबुलस्थित क्यानेडियन दूतावासको सुरक्षा गर्न खटिएका थिए र उनीहरु प्राइभेट सेक्युरिटी कम्पनी साब्रे इन्टरनेशनलबाट कार्यरत थिए। जुन कम्पनीसँग हाम्रो दूतावासको सम्झौता रहेको छ।’ प्रवक्ता डियानाका अनुसार उक्त घटनापछि उक्त कम्पनीले सेक्युरिटी प्रोटोकल अनुसार कामदारको सुरक्षाको लागि थप आवश्यक कार्य गर्न लागिरहेको छ। केहि दिनअघि क्यानाडाको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै , ‘धेरै पीडितहरु राजदूतावासका परिवारका सदस्य थिए। तिनीहरुले अफगानिस्तानमा रहेको दूतावासको सुरक्षाका लागि पुर्याएको योगदान सधैं स्मरणीय रहने छ,’ भनेको थियो। इराकको राजधानी बग्दादमा मुख्य कार्यालय रहेको साब्रे इन्टरनेशनलसँग बुझ्न खोज्दा सम्पर्क हुन् सकेन। साब्रे इन्टरनेशनलको विश्वभरी १० देशमा क्षेत्रीय कार्यलय छन्। जसमा इराकको राजधानी बगदाद मुख्य कार्यालयसँगै वासिंगटन डिसी, यू के, जर्मनी, अफगानिस्तान, पाकिस्तान, युगान्डा, केन्या, दक्षिण अफ्रीका र न्युजिल्याण्डमा क्षेत्रीय कार्यालय छन्।


0 comments
Write Down Your Responses