यौन सम्पर्क अस्विकार गरेका कारण १९ महिलालाई जिउँदै जलाइयो
एजेन्सी–आईएसआईएसले आफ्नो कब्जामा रहेका १९ यजिदी कुर्दिस महिलाहरुलाई जिउँदै जलाइएको छ । यि महिलाहरुले यौन कामदार बन्न अस्विकार गरेका थिए । कुर्दिस समाचार एजेन्सी एआरएका अनुसार यस घटनालाई सयौँले नियालेका थिए । – कुर्दिस न्यूज एजेन्सीले अब्दुल्ला अल–मालालाई हवाला दिदैँ यि कामदारहरुले इस्लामिक स्टेट फाइटर्ससँग यौन सम्पर्क अस्विकार गरेका कारण उनीहरुलाई जिउँदै जलाइएको बताएको छ । – यसअघि गत महिना मात्रै आईएसआईएसले २५ इराकी बन्दीहरुलाई एसिडमा डुबाएर मारेको थियो । – इराक, सिरिया र लिबियामा आईएसआईएसद्वारा धर्मका नाममा मानिसहरुको ज्यान लिएका थुप्रै घटना सार्वजनिक भइरहेका छन् । यसरी हत्या गर्दा आईएसआईएसले क्रूर तरिका अपनाउने गरेको छ । – अगस्ट २०१४ मा आईएसआईएसले उत्तरी इराकको यजिदी इलाकामा आक्रमण गरेको थियो । – यस हमालापछि ४ लाखभन्दा धेरै मानिसहरु दोहुक, इरबिल र कुर्दिस्तानका इलाकामा भागेका थिए । – स्थानीय सैनिक स्रोतका अनुसार यस हमालामा सयौँको मृत्यु भएको थियो । त्यस्तै यस दौरान थुप्रै युवती तथा महिलाहरु बलात्कृत भए । आतंककारीले पछिल्लो समय ३ हजार यजिदी युवतीहरुलाई यौन कामदार बनाउने घोषणा गरेको थियो । यस्तो तरिका अपनाएर गरिएको छ, हत्या – घाँटीमा बिस्फोट पदार्थ बाँधेर उडाउने – पिन्जडामा बन्द गरेर पानीमा डुबाउने – कारमा राखेर ग्रिनेडले पड्काउने – बन्धकलाई विष खुवाएर मार्ने



0 comments
Write Down Your Responses