रोकिराखेका तीनवटा बसमा आगजनी
बुटवलः बुटवलको गोलपार्कमा रोकिराखेका तीनवटा बसमा अज्ञात समूहले आगजनी गरेको छ । प्रहरीका अनुसार मंगलबार राति लु१ख ६९२६, लु१ख ३९९६ र लु १ख६८७९ नम्बरका बसमा आगजनी भएको हो । आगोले जलेर बस क्षतिग्रस्त भएका छन् । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी महेन्द्र खड्काले उद्दन्ड व्यक्तिहरुले आगजनी गरेको हुनसक्ने निष्कर्श निकालेको बताए ।



0 comments
Write Down Your Responses