असार ३ देखि ९ गतेसम्मको राशिफल

असार ३, २०७३-

 मेष
 सभा–समारोहमा नेतृत्वदायी भूमिकाका साथ सहभागी हुने अवसर प्राप्त होला । आकर्षक सवारी साधनको खरिदले अरूको मन लोभ्याउनेछ । फजुल खर्चसमेत हुने देखिन्छ । प्रेमिकासँग अनावश्यक वादविवाद हुनसक्छ । आफ्नो कामप्रति वेबास्ता गर्दा विभिन्न अड्चन आइलाग्न सक्छ ।

 वृष
 सुरुमा रोजगारीको चिन्ताले सताए पनि सोमबारदेखि प्रगतिको मार्ग पहिल्याउन सकिनेछ । प्रतिकूल परिस्थितिमा शुभचिन्तक कमै हुनेछन् भने फाइदा उठाउनेहरू प्रशस्त फेला पर्नेछन् । समाजसेवातर्फ समय खर्चिनुपर्ने हुन सक्छ । खराब मनोभावना भएकाहरूले पिछा गर्न सक्छन्, सचेत रहनुहोला ।

 मिथुन
 अरूलाई छिटो विश्वास गर्नाले धोका हुन सक्छ । कार्य सम्पन्न गर्न गोपनीयताको जरुरत पर्नेछ । चासो नभएका विषयमा सरोकार राख्दा दु:ख पाइनेछ । पढाइ–लेखाइमा त्यति ध्यान दिन नसकिएला । मंगलबारदेखि कतिपय बाधा स्वत: हट्नेछन् । साताको अन्त्यमा पारिवारिक जमघटमा स्वादिलो भोजनबाट मनोरञ्जन गर्न पाइनेछ । 

कर्कट
 अप्ठ्यारो परिस्थितिसँग सम्झैता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुऱ्याउनेछ । दिगो फाइदा हुने कार्य वा स्थायी नोकरी प्राप्त हुने सम्भावना छ । ईष्या गर्नेहरूलाई पुरुषार्थी काम गरेर देखाउन सकिनेछ । खर्च भए पनि फाइदाजनक काममा लगानी गर्ने अवसर जुट्नेछ । नाम, दाम र इनाम हात पर्ने समय छ ।

 सिंह
 सरकारी तथा निजी क्षेत्रमा कार्यरत कर्मचारीवर्गले जिम्मेवारीप्रति सचेत रहनुपर्नेछ । पारिवारिक विरोधका बाबजुद प्रेमजीवनले ठोस निर्णयको अपेक्षा गरेको छ । त्यही निर्णयले नै आफ्नो जीवनलाई निर्धारित गर्नेछ । साथीहरूको भनाइमा भर पर्दा थप संकट आइलाग्न सक्छ, ध्यान पुर्‍याउनुहोला ।

 कन्या
 कार्यक्षेत्रमा दिइएका जिम्मेवारीप्रति बेवास्ता गर्दा भविष्यका सम्भावनाहरू ओझेलमा पर्न सक्छन् । योग, ध्यान एवं आध्यात्मिक चिन्तन गर्न सके मानसिक ऊर्जा प्राप्त हुनेछ, जसबाट धेरैको भलाइ हुने काम गर्न सकिनेछ । प्रेमी वा प्रेमिकाको द्वैध मनस्थितिले तपाईंको विचारमा पनि परिवर्तन ल्याउन सक्छ ।

 तुला
 अध्ययनका निम्ति विदेश जाने प्रेरणा तथा सुझाव प्राप्त हुन सक्छ । रोजगारीको अवसर हात पार्न थप परिश्रम गर्नुपर्नेछ । खानपानको फेरबदलले स्वास्थ्यसम्बन्धी गडबडी सिर्जना गर्ने सम्भावना छ । सेतो रंगलाई प्राथमिकता दिए साता अविस्मरणीय हुन सक्छ । बिजोडी नम्बरको सवारी साधन प्रयोग गर्दा विशेष लाभ हात पर्न सक्छ । 

वृश्चिक
आर्थिक कारोबारबाट टाढै रहनुहोला । नयाँ मित्रले खुलेर प्रशंसा गर्नेछन् । मेहनतपूर्वक गरिएको कार्यमार्फत उचित स्थान प्राप्त गरी पदोन्नतिको ढोका खोलिनेछ । विदेश जाने अवसर प्राप्त हुन सक्छ । रचनात्मक कार्यद्वारा अरूको मन जित्न सकिनेछ । सुनौलो रंग वस्त्रले नसोचेको परिणाम दिलाउनेछ ।

 धनु
रचनात्मक कामले हितैषीहरूको मन जित्नेछ । सामान्य अवरोधका बाबजुद तपाईंको कामले नै समर्थन प्राप्त गर्नेछ । दत्तचित्त भै गरिएको कामले नयाँ अवसर सिर्जना गर्नेछ भने प्रशंसा पनि पाइनेछ । प्रेम प्रस्ताव राख्नेहरूलाई ढिलो निर्णय दिँदा आफैंलाई फाइदा हुनेछ । दैनिक जीवनशैलीमा परिवर्तन आउन सक्छ ।

 मकर
 मनले रोजेको साथीसँग मठ–मन्दिर तथा धार्मिक क्षेत्रको भ्रमण गर्ने साइत छ । तालिम, प्रतियोगिताजस्ता अवसरमा अनुकूल परिणाम हात पर्ला । रोजगारीका नयाँ क्षेत्र पहिचान गरी त्यसको लाभ लिन सकिनेछ । सामाजिक क्षेत्रमा गरिएको लगानीले मान–प्रतिष्ठा दिलाउनेछ । साताको अन्त्यतिर स्वास्थ्यमा ध्यान दिनुहोला 

कुम्भ
 विशेष कार्ययोजनाको जग बसाइनेछ, जसका कारण उपहारका साथ माया गर्ने व्यक्तिहरूको ओइरो लाग्न सक्छ । नाम तथा दाम पनि आर्जन गर्न सकिनेछ । दृढताका साथ गरिएका सबै काममा सफलता हात लाग्नेछ । अभिभावकको सुझाव मनन गर्दा थप उचाइमा पुगिनेछ ।

 मीन
 खानपान, फेसन तथा महँगा सामग्री खरिदमा यथेष्ठ धन खर्च हुने सम्भावना छ । प्रेमिका उपयुक्त मुहूर्तको पर्खाइमा छिन्, समयमै ध्यान पुर्‍याउँदा दुवै जनाको कल्याण हुनेछ, जसले विदेशी भूमिमा समेत पाइला टेकाउनेछ । इच्छा नहुँदा–नहँुदै पनि भोजन एवं मनोरञ्जनमा सहभागी भइनेछ । सवारी साधन चलाउँदा विशेष ध्यान पुर्‍याउनुहोला ।

0 comments

Write Down Your Responses