योनिलाई कसरी कसिलो बनाउने ?

तपाईंले योनि ठूलो भएको कुरा गर्नुभएको छ, सम्भवत: तपाईंले योनि खुकुलो भयो भनेर लेख्न खोज्नुभएको होला भनेर, त्यसैअनुरूप जवाफ दिने प्रयास गरेको छु । समाधानका लागि यौनसम्पर्क गरिने आसनमा विभिन्नता ल्याएर यसमा सुधार ल्याउन सकिन्छ । योनि खुकुलो लागेको स्थितिमा विशेष गरेर जाँघ फैलाइएको स्थितिभन्दा नजिक ल्याइएको स्थिति सहयोगी हुन सक्छ । लिंगलाई ठूलो वा लामो बनाउने विभिन्न उपाय प्रयोग गरिएको पाइन्छ । तपाईंले श्रीमान्को लिंग ठूलो भएको कुरा गर्नुभएको छ, त्यसैले यस विषयमा चर्चा गर्नु मनासिब लागेन । अब योनिको खुकुलोपनका बारेमा केही कुरा भनौं । योनि मांसपेशीले बनेको एकदमै तन्किन सक्ने गुण भएको नली आकारको अंग हो । एकछिन विचार गर्नुहोस् त, कुनै ठूलो आकारको कुरा मुखमा हालियो भन्दैमा त्यो सधंै खुकुलो भएर सानो कुरा च्याप्नै नसक्ने गरेर खुकुुलो हुन्छ र ? पक्कै हुँदैन । यद्यपि योनिको मांसपेशी कसिलो बनाउने विभिन्न उपाय पनि छन् । यौनांग क्षेत्रको मांसपेशीलाई बलियो बनाउन गरिने कसरतलाई केगेल (Kegel) कसरत भनिन्छ । योनिमा औंला पसाई औंलालाई अँठयाउँदा अर्थात् खुम्च्याउँदा यो मांसपेशीलाई तपार्इंले महसुस गर्न सक्नु हुन्छ । यो मांसपेशीलाई पहिचान गरेपछि औंला नपसाई पनि खुम्च्याउन सकिन्छ । सुरुमा यस्तै १ सेकेन्डसम्म बेस्सरी खुम्च्याएर राख्ने र छाड्ने अर्थात् खुकुलो बनाउने । बिस्तारै यसलाई बढाएर ५ सेकेन्डसम्म पुर्‍याउनुपर्छ । बिस्तारै १० देखि १५ पटकसम्म संकुचित गर्ने (खुम्च्याउने) र छोड्ने । यो क्रम बढाउँदै दिनभरिमा यस्तो गर्ने क्रम २० पल्टसम्म पुर्‍याउनुपर्छ । यसरी ६ हप्तासम्म नियमित रूपमा कसरत गरे थाहा पाइने गरी केही फरक देखिन्छ । यो मांसपेशी संकुचित गरेर यौनसम्पर्कका बेला लिंगलाई बेस्सरी समात्न प्रयोग गर्न सकिन्छ । यसले तपाईंलाई मात्र होइन, तपाईंको श्रीमान्लाई पनि यौनसुख प्राप्त गर्न मद्दत गर्छ । थप केही जानकारी दिउँ भनेर योनि कसिलो बनाउने अन्य उपायका बारेमा पनि चर्चा गर्दैछु । निश्चित तौलका योनि कोन (भजाईनल कोन, vaginal cone) महिलाको योनिमा राखेर त्यसलाई अड्याइराख्न भनिन्छ, जसले गर्दा यौनांग मांसपेशी बलियो होस् । त्यसगरी विद्युतीय उत्तेजना (electric stimulation) अर्थात् योनिमा एक किसिमको यन्त्र (probe) राखेर विद्युत्को हल्का करेन्ट प्रयोग गरेर यौनांग क्षेत्र (pelvic floor) को मांसपेशीलाई खुम्चन र खुकुलो हुन उत्तेजित पारिन्छ । Neocontrol व्यापारिक नाम भएको साधन एक विशेष किसिमको कुर्सी हो । यसमा विशेष किसिमले चुम्बकीय क्षेत्र प्रयोग गरेर यौनांगको मांसपेशीलाई उत्तेजित पारिन्छ । यो उपचार सामान्यत: २० देखि ३० मिनेटका लागि हप्ताको दुईपटक यस्तै आठ हप्ताजति गरिन्छ । अन्त्यमा योनि खुकुलोपनको समस्या अति नै छ भने vaginoplasty (भजाइनोप्लास्टी) शल्य चिकित्सा पनि गराउनुपर्ने हुनसक्छ । यस्तो शल्य चिकित्सालाई सामान्यत: अन्तिम उपायका रूपमा लिइन्छ । अचेल त लेजर प्रविधिको प्रयोग पनि प्रारम्भ हुन थालेको छ ।

, ,

0 comments

Write Down Your Responses