श्रीमानको यौनाङ मैले सोचे भन्दा सानो छ // श्रीमान्सँग यौनसम्पर्क गर्दा मलाई त्यति आनन्द आउँदैन । मेरो विचारमा श्रीमानको यौनाङ मैले सोचे भन्दा सानो छ । मैले सुने अनुसार कतिपय अवस्थामा पुरूषको सानो यौनाङबाट पनि पर्याप्त यौन सुख हासिल गर्न सकिन्छ, त्यसका लागि मैले के कस्ता उपाय अवलम्बन गर्नु पर्ला ?
श्रीमान्सँग आनन्द आउँदैन
यौन मानवजीवनको अभिन्न अंग हो र स्वभाविक पनि । मानव मनमा यौनेच्छा एकदम स्वभाविक हो । भोक, निद्रा, प्यासजस्तै यौन पनि आवश्यक कुरा हो, मानवजीवनका लागि प्रकृतिले नै दिएको । यौनेच्छा तपाईंमा एकदमै छ भन्ने प्रस्ट छ । तपाईंले आफूले यौनसम्पर्कबाट आनन्द प्राप्त गर्न नसक्नुभएको उल्लेख गरे पनि त्यसका लागि प्रयास गरेको कुरा उल्लेख गर्नुभएको छ । यौनेच्छा कसैमा बढी हुन्छ भने कसैमा कम । यो एउटै व्यक्तिमा पनि कहिले बढी र कहिले कम हुनसक्छ । तपाईंले श्रीमान्सँग यौनसम्पर्क गर्दा आनन्द नआएको र आफ्नो योनि खुकुलो भयो भन्ने मान्नुभएको देखिबाहेक अन्य जानकारी नदिनु भएकाले यसै भन्न सकिने स्थिति छैन । तपार्इंले आफ्ना श्रीमान्ले आफूबाट यौनआनन्द प्राप्त गर्नुभएको छ कि छैन भन्ने कुरा पनि लेख्नुभएको छैन तर पनि यसका केही पक्षलाई केलाऔं । तपाईंले श्रीमान्सँगको सम्बन्धबाट यौन चरमसुख नपाएको कुरा गर्नुभएको छ । कुनै पनि व्यक्तिले यौन चरमसुख पाउने कुराले उसको शारीरिक पक्षका साथै मानसिक पक्षसँग अन्तरंग सम्बन्ध राख्छ । यसका लागि कुनै पनि व्यक्ति मानसिक रूपमै तयार हुनु जरुरी छ र उत्तेजनाको सन्देश उसले शारीरिक रूपमा प्राप्त गर्न बाह्य कुराले सहयोग गर्ने हो । यस अर्थमा अर्को व्यक्तिले यौन चरमसुख पाउने–नपाउने कुराको जिम्मा लिन वा ग्यारेन्टी गर्न सक्ँदैन, सहयोग मात्र गर्न सक्ने हो । यौन चरमसुख पाउने त आफैंले हो । तपाईंलाई पक्कै पनि थाहा हुनुपर्छ, महिलाको सबैभन्दा बढी यौन संवेदनशील अंग भगांकुर हो । प्राय:जसो महिलाले यही अंगको घर्षणबाटै यौन सन्तुष्टि प्राप्त गर्छन् । महिला तल र पुरुष माथि भएर गरिने यौनसम्पर्कमा सामान्यत: लिंगले भगांकुरलाई घर्षण गर्दैन । भगांकुर चलाउन औंला नै बढी सहयोगी सावित हुन सक्छ भने अर्कातिर आसन परिवर्तन अर्थात् महिला माथि रहेर गरिने यौन आसन बढी प्रभावकारी हुनसक्छ । अर्को बुझ्नुपर्ने कुरा के हो भने महिलाको योनिको बाहिरी (योनिद्वारनेरको) भाग यौन संवेदनशील हुन्छ, न कि भित्री भाग । सानै भए पनि लिंगले भने योनिको बाहिरी भाग घर्षण गर्न सहयोग गर्छ । तपाईंले श्रीमान्सँगबाट यौन चरमसुख प्राप्त गर्न नसक्नुमा कतै मानसिक पक्ष नै कारक हो कि भन्ने विषयमा पनि विचार गर्नुपर्छ ।



0 comments
Write Down Your Responses