मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

असार १३, २०७३- अर्जेन्टिनाका क्याप्टेन तथा स्टार खेलाडी मेसीले कोपा अमेरिकामा महत्वपूर्ण पेनाल्टीमा गोल गर्न चुके सँगै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । ‘मेरो लागि राष्ट्रिय खेल जीवन समाप्त भएको छ,’ उनले भने, ‘मैले जे जति गर्न सक्थें सबै गरे जस्तो लाग्छ ।’ २९ वर्षीय मेसीले अर्जेन्टिनाका लागि ११२ खेल खेलेका छन् । उनले सन् २००५ मा पहिलोपटक राष्ट्रिय टिमबाट खेलेका थिए । आजै भएको कोपा अमेरिकाको फाइनल खेल निर्धारित समयमा गोलरहित बराबरीमा सकिएसँगै पेनाल्टी सुट आउटमा पुगेको थियो । पेनाल्टी सुट आउटमा चिलीले अर्जेन्टिनालाई ४–२ ले पछि पार्दै लगातार दोस्रोपटक उपाधी उचालेको हो । राष्ट्रिय टिमबाट खेल्दा मेसीको सबैभन्दा ठूलो उपलब्धी भनेको सन् २००८ को बेजिङ ओलम्पिक्समा स्वर्ण पदक मात्रै हो । २०१४ को फुटबल विश्वकपमा पनि अर्जेन्टिना जर्मनीसँग १–० ले पराजित भएको थियो । यस्तै तीनपटक कोपाको फाइनलमा (२००७, २०१५, २०१६) पुगे पनि उपाधी उचाल्न भने उनी असमर्थ रहे ।

,

0 comments

Write Down Your Responses