विप्लव माओवादीको बन्दले सर्वसाधारणलाई सास्ती तीनकुनेमा ट्याक्सीमा तोडफोड र आगजनी, २१ पक्राउ

काठमाडौं: नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले तीनकुनेमा ट्याक्सीमा तोडफोड र आगजनी गरेका छन्। यात्रु बनेर टयाक्सीमा चढेका बन्दकर्ताले पेट्रोल छर्केर तोडफोड र आगजनी गरेका हुन्। बन्दले बिहीबार राजधानीको जनजीवन प्रभावित भएको छ। यस्तै राजधानीका विभिन्न स्थानबाट बन्द गराउँदै हिँडेका २१ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले जानकारी दिए। बन्दका करण सार्वजनिक यातायातका साधन कम चलेका छन् भने निजी सवारीसाधन भने उल्लेखित मात्रामा चलेका छन्। गर्मी र बन्दले सर्वसाधारणलाई निकै सास्ती भएको यात्रु कमल बस्नेतले गुनासो गरे। उनले भने, 'एक त यो गर्मी त्यसमाथि तथानामका नेताले नचाहिने बेला बन्द गर्छ। हामीलाई गन्तव्यमा हिड्न निकै सास्ती भएको छ। कसरी पुग्नु हिडेर बालाजु ?'

0 comments

Write Down Your Responses