विप्लब माओवादी कार्यकर्ताद्वारा ट्रकमा आगजनी

विर्तामोडः बिप्लव सम्बद्ध नेकपा माओवादीका कार्यकर्ताले झापाको शान्तिनगर-१ स्थित बर्नेमा एउटा मालबाहक ट्रकमा आगजनी गरेका छन्। उनीहरुले पहाडबाट गोलिया लिएर बिर्तामोड आउँदै गरेको ना ३ ख ४६७१ नम्बरको ट्रकमा बिहीबार विहानको राति १ बजेर ३० मिनेटमा आगजनी गरेको इलाका प्रहरी कार्यालय बुधबारेका प्रहरी नायब निरीक्षक खेम श्रेष्ठले जानकारी दिए। ७/८ जनाको समूहमा आएका कार्यकर्ताले ट्रकमा आगजनी गरेको उनले बताए।बुधबार बन्दको प्रचार गर्दै हिडेका बिप्लव नेतृत्वको नेकपा माओवादीका चारजना कार्यकर्तालाई झिलझिलेबाट र काँकरभिट्टाबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको थियो। विप्लव माओवादी कार्यकर्ताले इटहरीमा सिसा फुटाइदिएको रात्रीबस। तस्बिर: उमाकान्त खानाल माओवादीले २७ गते आव्हान गरेको बन्दको प्रचारप्रसार गर्नेक्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरु बन्दको पोष्टर टाँस्दै गरेको अवस्थामा पक्राउमा परेको प्रहरीको भनाई छ। माओवादीका झापा क्षेत्र नम्बर ५ का एरिया सेक्रेटरी सुरेन्द्र मिश्र, कुमार माझी, दिपेश मिश्र र मदन मिश्रलाई झिलझिलेबाट र जन स्वयं सेवकका जिल्ला संयोजक प्रशान्त, जिल्ला सदस्य लिला र सन्तलाई काँकरभिट्टाबाट प्रहरीले पक्राउ गरिएको थियो। ४ महिना अघि बिप्लव सम्बद्ध माओवादीका झापा सेक्रेटरी बिवस किरातीसहित ४ जना कार्यकर्तालाई साकम्बरी गुट्खा फ्याक्ट्री आगजनी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो। उनीहरु लगायत देशभरीबाट पक्राउ परेकालाई बिनासर्त रिहाइको माग गर्दै विहीबार नेपाल बन्दको घोषणा गरिएको माओवादी झापाका सेक्रेटरी तारा थापाले जानकारी दिए। उनीहरुले आह्वान गरेको बन्दका कारण सार्वजनिक यातायात पूर्ण रुपमा बन्द भएका छन् । निजी सवारी साधन, इरिक्सा तथा मोटरसाइकल भने चलेका छन्। यसैविच काठमाण्डौबाट झापा आउँदै गरेका रात्री बसहरुमा बिहान करीब चार बजेतिर माओवादी कार्यकर्ताले तोडफोड गरेका छन् । केही बसका अगाडि तथा झ्यालका सिसा फुटेका छन्।

,

0 comments

Write Down Your Responses