यो हो १६ लाखको विश्वकै सुरक्षित स्मार्टफोन
तपाईंलाई आफ्नो गोपनीयता कति प्यारो लाग्छ ? यदी तपाईंको उत्तर ‘धेरै’ हो र खर्च गर्नलाई तपाईंसँग टन्नै पैसा पनि छ भने बजारमा एउटा यस्तो फोन आएको छ, जसलाई विश्वकै सबैभन्दा सुरक्षित फोन भनेर दाबी गरिएको छ ।
तर, यो सस्तो भने छैन । यसको मूल्य १६ हजार ५०० डलर (झण्डै साढे १६ लाख नेपाली रुपैयाँ) पर्छ । सोलारिन एन्ड्रोयड स्मार्टफोेन नामक यो फोनलाई निर्माताहरुले विश्वकै उत्कृष्ट दाबी गरेका छन् ।
गत साढे दुई वर्ष यसको तयारी मै बितेको थियो । यसलाई केही दिनअघि मात्र लण्डनमा लञ्च गरियो ।
निर्माताहरुले यसको डिस्पे, क्यामेरा, स्पीकर अन्य मोबाइल फोनको तुलनामा उत्कृष्ट रहेको र यसमा अन्य फोनको तुलनामा वाइफाई पनि १० गुणा बढी चल्ने बाएका छन् ।
यसको निर्माण सिरिन ल्याब नामक इजरायली स्टार्टअप कम्पनीले गरेको हो । यसले धनाढ्यहरुलाई लक्षित गरेर यो फोन ल्याएको हो ।
यसमा रहेको जिम्पेरियम स्टेट अफ द आर्ट मोबाइल थ्रेट प्रोटेक्सनले यसलाई विश्वकै सुरक्षित स्मार्टफोन बनाएको छ । यसमा रहेको चीपमा २५६ बिट एइस इन्क्रिप्सन रहेको छ जुन सैन्य क्षेत्रमा मात्र आफ्नो सूचना सुरक्षित राख्न प्रयोग हुन्छ ।
सोलारिनमा रहेको सेक्युरिटी स्वीचले यसको भ्वाइस कलदेखि मेसेज सबै गोपनीय बन्छ ।
सुरक्षाको दृष्टिकोणले यो फोनको मूल्य धेरै हुनुलाई असामान्य नमानिएपछि यसको अन्य फिचर भने २०१६ मा आएका नयाँ फोनहरुको तुलनमा खासै फरक रहेको छैन । यसमा ५.५ इन्चको २के डिस्प्ले, ८१० स्नापड्रागन प्रोसेसर, ४ जिबी र्याम, १२८ जिबी स्टोरेज र २३ मेगापिक्सल र ८ मेगापिक्सलको दुई क्यामेरा रहेको छ ।
त्यस्तै, यसको खोलमा रहेको टाइटेनियम र छालाको डिजाइनका कारण पनि यसको मूल्य अलि बढी पर्न गएको छ । एन्ड्रोयड ५.१.१ रहेको यो फोनको तौल २५० ग्राम रहेको छ ।



0 comments
Write Down Your Responses