हतियारसहित नेपाल प्रवेश गरेका भारतीय पक्राउ
राजविराजः पेस्तोलसहित नेपाल प्रवेश गरेका भारतीय नागरिकलाई सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सप्तरीले बुधबार पक्राउ गरेको छ । सप्तरीको झुट्की ९ स्थित पाँची खोला किनारामा सशस्त्र प्रहरीको टोलीले हतियारसहित भारतीय नागरिकलाई पक्राउ गरेको हो । सशस्त्र प्रहरी निरीक्षक मनोज बहादुर चन्दको कमाण्डम र सशस्त्र प्रहरी बल दन्तकाली गणका सहायक निरीक्षक सरोजकुमार यादवको सुंयुक्त टोलीले भारत बिहार मधुवनी जिल्लाका ३५ वर्षीया रमेश यादवलाई घराउ गरी पक्राउ गरेको हो । प्रहरीले भारतीय नागरिकको साथबाट मेड इन युएसए लेखेको सिक्सर पेस्तोल एक थान, तीन राउण्ड गोली, भारतीय र नेपाली सिमकार्ड भएको एक थान मोबाइल बरामद गरेको छ ।



0 comments
Write Down Your Responses