विप्लव माओवादीले इन्जिनियरलाई कालोमोसो दल्यो
कालिकोट – बिप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताहरुले कर्णाली रोजगार कार्यक्रमका इन्जीनियर जनक रोकायालाई सोमबार कालोमोसो दलेका छन् ।moso
जिल्ला विकास समिति अन्तरगत कर्णाली रोजगार कार्यक्रममा कार्यरत इन्जीनियर जनक रोकायाले असार मसान्तका बेला योजनाहरुको कार्यसम्पन्न प्रतिवेदन बनाउदा काम नभएका योजनाहरुमा पनि सत प्रतिशत काम भएको भनी प्रतिवेदन बनाउदै आर्थिक अनियमितता गरेको लगायतका सात बुदे पोष्टर सार्बजानिक गरेर माओवादी कार्यकर्ताहरुले कालोमुसो दलेका हुन् ।
कर्णाली रोजगार कार्यक्रम संचालित जिल्लाका ३० वटै गाविसमा ५० हजारदेखि २ लाख ५० हजारसम्म कमिशन लिई करोडौको अनियमितता गरेको, योजनाको निर्माण सामाग्री खरीद गर्दा १० देखी १५ प्रतिशत कमीशन लिने गरेको, डिजाइन स्टमेटको तयारी, मुल्यांकन, कार्यसम्पादन नियम विपरीत गरेको, विकास विरोधि, कमीशन खोरी, जनविरोधि भएकाले, कर्णाली रोजगारको कार्यसंचालन गर्दा, उपभोक्ता समितिको अधिकार कटौती गरी कर्मचारीको नाममा समेत खाता संचालन गर्न बाध्य पारी ठुलो रकम लुट्न बैधानिक बाटो अवलम्वन गरेको, योजनाको स्टमेट अनुसारको काम भएको बेला वा नभएको बेला कार्यसम्पादन गर्न रोक्ने, कमिशन दिएमात्र कामै नभएको ठाँउमा पनि कार्यसम्पन्न प्रतिबेदन बनाउने र पटक पटक सुझाव दिदा पनि नसुधारिएको र जनताहरुले कारबाहीका लागि माग गरेकोले आफुहरुले मुसो दलेको माओवादीले सार्बजानिक गरेको पोष्टरमा उल्लेख गरिएको छ ।
कालिकोट जिल्लाका प्रमूख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले बिप्लव माओबादीका कार्यकर्ताले कुनै व्यक्तिले गल्ति गरेपनि कानुनी उपचार गर्ने ठाँउ हुँदा हुँदै पनि अमानविय तरिकाले कानुन हातमा लिन खोजेकाले घटनामा संलग्नलाई कानुन बमोजिम कारबाही हुने बताए । उनले भने, ‘ दोेसीलाई कानुन बमोजिम कारबाही हुन्छ । कानुन हातमा लियर अमानविय कार्य कसैले पनि गर्न पाउदैन् । अहिले आवश्यकता अनुसार जिल्लाका सबै सरकारी कार्यालयलाई सुरक्षाको व्यवस्था मिलाएका छौ । कुनै कर्मचारीले आफु असुरक्षित भएको जानकारी दिए त्यसलाई पनि सुरक्षाको व्यवस्था मिलाउछौ ।
यस्तै जिल्ला प्रहरी प्रमूख किशनसिंह बुडालले इन्जीनियर रोकायालाई कालोमुसो दल्ने घटनामा संलग्न भएको भन्दै बिप्लव माओवादीका सेक्रेटरी कर्णबहादुर भण्डारी बिराडलाई गिरफतार गरिएको जानकारी दिए ।



0 comments
Write Down Your Responses